तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसानले फेब्रुअरी ३ मा सोनाम ल्होछार मनाउने
आउदै गरेको कोरियन चाड सलनालमा अर्थात् फेबु्रअरी ३ तारिख आइताबारका दिन किम्हे शहरमा तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसान, दक्षिण कोरिया र DSME तामाङ समाज मिलेर सोनाम ल्होछार २८५५ फेब्रुअरी ३ मा मनाउने भएको छ । कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसान दक्षिण कोरियाका अध्यक्ष विश्वास ब्लोनको संयोजकत्वमा सोनाम ल्होछार मूल अयोजक समिति गठन गरिएको छ । मूल आयोजक समितिसंगै विभिन्न पाँचवटा उपसमिति पनि गठन गरिएका छन् ।
‘नेपालीहरुको राष्ट्रिय पर्व समस्त तथा तामाङहरुको महान चाड २८५५ औँ सोनाम ल्होछार(फा ल्हो)को अबसरमा संस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएका छौ । सबै बुसान आसपासका साथीभाइलाई कार्यक्रममा निमन्त्रणा गर्छौ ।’ समाजका अध्यक्ष तथा ल्होछार मुल आयोजक समितिका संयोजक ब्लोनले भने ।
DSME तामाङ समाजका अध्यक्ष करण डिमडुङ्गले कोरियामा रहेका बुद्धिजीवीहरु, संघ संस्थाहरु, व्यवसायीहरु लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागिताको लागि अनुरोध गरे । साथै उक्त दिन तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसान दक्षिण कोरियाद्वारा सञ्चालन गरेको निशुल्क महिला आवास गृह नानाआङा धिम, किम्हेको उद्धघाटन पनि हुनेछ ।