सउल नेपाल गुम्बाले बार्षिक उत्सब मनाउने
गणतन्त्र कोरियाको राजधानी सउल स्थित खाङनाममा स्थापना भएकाे सउल नेपाल गुम्वाले अाफ्नाे बार्षिक उत्सब मनाउने भएकाे छ। सन् २०१७ जनवरी ८ तारिखका दिन स्थापना भएकाे गुम्बा काेरियाका लागि तत्कालिन कार्यवाहक राजदूत किरण शाक्यले उद्घाटन गरेका थिए।
स्थापना भएकाे २ बर्ष पुगेकाे अवसरमा यहि २०१९ जनवरी ६ तारिख आईतवारका दिन वार्षिक उत्सव कार्यक्रम मनाउन गइरहेकाे कुरा गुम्बाका प्रमुख लामा कुनसाङ दाेर्जे लामाले फाेनिज काेरियालाइ बताएका छन्। उक्त उत्सव कार्यक्रमलाई शुभकामना दिनुका साथै प्रमुख अतिथिका रूपमा काेरियाका लागि नेपाली महामहिम राजदुत अर्जुन जंग बहादुर सिंहकाे उपस्थिति हुने भएको छ।
त्यसैगरी कोरियामा हुने विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायत नेपाली व्यापारी, बिध्यार्थी दाजू भाई तथा दिदी बहिनीहरू सम्पूर्णलाई यसै सुचना द्वारा नै निमन्त्रणा गरिएकाे कुरा कुनसाङ लामाले बताए।
मिति : 2019 जानवरी 6 तारिख आईतवार / समय : कोरियन टाईम् दिउंसो 1 ~2 बजे /
ठेगाना: Seoul gangnamgu yangjaedaero 55gil 27 ilwondong.
Contact : 010-8534-7919,