बाग्लुङ न्यू इयर सांगितिक साँझ भब्य रूपमा सम्पन्न
अङग्रेजी नयाँ बर्ष २०१९ काे अागमनकाे अवसरमा बागलुङ सम्पर्क समिति दक्षिण कोरियाले गत शनिबार साझ साैलमा अायाेजना गरेकाे बागलुङ न्यु इयर साँगितिक साझ भब्य रूपमा सम्पन्न भएकाेछ।
माइनस १०,१२ डिग्रीकाे चिसाे माैसमकाे बावजुत पनि सांगितिक साँझ सम्पन्न भएकाे हाे। बागलुङमा जन्मिएर जापान लाई कर्मभुमी बनाएका लोक तथा दोहोरी गायक सुर्य खड्का र नेपालबाट आमन्त्रित राष्ट्रिय लोक तथा दोहोरी गायिका रितु थापामगरले उपस्थित दर्शक माझ आफ्नो उत्कृष्ट प्रस्तुती दिएका थिए । उक्त साँगितिक कायक्रममा लाइभ बाद्यबादन सहित पञ्चे बाजा सहित राष्ट्रिय लोक तथा दोहोरी गीतमा प्रतिष्ठानका स्थानिय कलाकारहरुले समेत आ आफ्नो प्रस्तुती दिएका थिए ।
कार्यक्रमकाे उद्घाटन काेरियाका लागि श्रम काउन्सेलर डिल्लीराम बास्ताेलाले पानसमा मैन बालेर उद्घाटन गरेका थिए।संस्थाका अध्यक्ष सुबास लामिछानेको सभापतित्व एनआरएनए कोरिया अध्यक्ष लक्ष्मी गुरुङ, एनसिसी कोरिया अध्यक्ष अन्जु केसी , नेपाल अादिवासी जनजाति महासंघका का बा अध्यक्ष मल्लिका थकाली लगाएत विभिन्न सस्थाका प्रतिनिधिहरूकाे बिशेष उपस्थिति रहेको थियो । औपचारिक समारोहकाे संचालन सचिब टेक पुनमगर र साँगितिक समारोहको साँस्कृतिक विभाग प्रमुख जितन भाई श्रीस र अार के पौडेलको रहेको थियो ।
औपचारिक साँगितिक तथा डिजे गरी तीन चरणमा सम्पन्न उक्त साँझ कायक्रममा नेपाली परिकारका खानाकोको पनि स्टलको ब्यबस्था रहेको थियो ।
अामन्त्रीत कलाकार सुर्य खड्का, रितु थापा र लाेक दाेहारी प्रतिस्थान काेरिया शाखालाइ पनि बाग्लुङ सम्पर्क समितिले सम्मान गरकाे थियाे।