नेपाल मगर सङ्घ किम्हे बुसान शाखाले जनवरि १३ मा माघे सकराती मनाउने
नेपाल मगर सङ्घ किम्हे बुसान शाखाले यहि जनवरि १३ मा माघे सकराती पर्ब मनाउने भएकाे छ।
‘मगर जाति हाम्रो पहिचान, प्रबासमा बसेर आफ्नो भाषा र संस्कृति जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नारा सहित मगरहरुको प्रमुख रास्ट्रीय सांस्कृतिक चाड माघे सकराती मनाउन लागीएकाे हाे।
यहि जनवरि १३ तारिख माघे सकराती पर्वको अवसरमा शुभकामना आदान प्रदान सहित मौलिक सांस्कृतिक कार्यक्रम २०१९ अायाेजना गरिएकाे छ। आइतबारको दिन बिभिन्न सांस्कृतिक मनोरञ्जन र माघे सकराती बिशेस बिभिन्न खानाको परिकार सहित किम्हे शहरमा भब्य रुपमा मनाउन गइरहेकाे कुरा नेपाल मगर संघ किम्हे बुसान शाखा अध्यक्ष युद्द सलामी मगरले जानकारी दिएका छन्।
नेपाल मगर सङ्घ किम्हे बुसान शाखाको व्यवस्थापनमा मगर संघ थेगु शाखा,गजेदो शाखा र केन्द्रको संयुक्त आयोजना रहेकाे माघे सकराती पर्बमा नेपालको चर्चित लोक गायिका निरु श्रीस मगर , राष्टिय लोक दोहोरि प्रतिष्ठान दक्षिण कोरिया शाखा अध्यक्ष तथा चर्चित लोक गायक जितन भाइ श्रीस,चर्चित लोक गायक देबिन्द्र काउचा मगर,कुञ्जमनि थापा मगर र स्थानिय कलाकार हरुको बेजोड प्रस्तुति रहने छ।
कोरियामा रहेका सम्पुर्ण मगरहरु तथा गैर मगरहरु उपस्थिति भै कार्यक्रम सफल पारि दिनहुन अायाेजकले हार्दिक अनुरोध गरेकाेछ।