नेपाली संघिय समाज दक्षिण कोरियाकाे अानशान क्षेत्रीय शाखा गठन
संघिय समाजवादी फोरम,नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरियाले आनशान क्षेत्रीय कमिटि गठन गरेकाे छ । अाइतबार भएकाे अधिवेशनबाट इक्साहाङ्ग लिम्बुकाे अध्यक्षतमा १३ सदस्य कार्य समिती चयन भएको छ।
नव निर्वाचित कार्यसमितीकाे पदाधिकारी तथा सदस्यहरूलाई नेफेसो दक्षिण काेरियाका केन्द्रिय समितिको तर्फबाटअध्यक्ष महिन्द्र राईले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन।
आफ्नो जातीय पहिचान र अस्तित्वको संबिधानमा उल्लेख गर्नु पर्ने माग गर्दै नेपाली संघिया समाज दक्षिण कोरियामा पार्टी प्रवेश गर्ने हरुको संख्या बढ्दै गएको छ । जातीय मुक्तिका लागि संघियता, वर्गिय मुक्तिका लागि समाजवाद भन्ने पार्टीको मूल नारा रहेको छ । निर्वाचित कार्यसमितिमा उपाध्यक्ष गितोस तुम्बापो र अमित जबेगु, सचिवमा मदन-तुम्बापो, सह सचिव भिमहाङ तुम्बापो रहेका छन् । त्यस्तै कोषाध्यक्षमा सागर जबेगु र सदस्यहरूमा शीव जित केरुङ, तेज जबेगु , किरण जबेगु , किसोर नेम्बाङ , कुलचन्द्र तुम्बापो, मिथुन तुम्बापो र युबेन तुम्बापो रहेका छन् ।