नेपाल मगर संघ कोरियाले नि:शुल्क स्वास्थ्य शिबिर संचालन गर्ने
स्वास्थ्य नै धन हो भन्ने मुख्य नारा सहित यहि जनवरि २० तारिख नेपाल मगर संघ कोरियाले नि:शुल्क स्वास्थ्य शिबिर संचालन गर्ने भएकाेछ। परदेशी जिबनमा स्वस्थ जिबन यापनको अत्यन्त जरुरी छ ।कोरियामा भाषागत र विभिन्न कठिनाइले नियमित स्वास्थ्य चेकअप र उपचारको पहुच कम रहेको अवस्थालाइ मध्य नजर गर्दै सौल माइग्रेन्ट सेन्टरको प्राबिधिक सहयोग तथा नेपाल मगर संघ दक्षिण कोरियाको सयुक्त आयोजनामा छाला ,हाड जोर्नी तथा नशा ,इन्टर्नल मेडिसिन ,दात समस्याहरुको बिशेषज्ञ सेवा सहितको नि शुल्क स्वास्थ्य शिबिर संचालन गर्न लागेकाे कुरा संघका अध्यक्ष खड्रग थापा मगरले जानकारी दिएका छन्। दक्षिण कोरियाको राजधानि सियोल को तुङ्देमुन नजिकै आगामी आइतवारका दिन हुने उक्त निशुल्क स्वास्थ्य शिबिरको फाईदा लिनको लागि सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई मगर संघ कोरियाले हार्दिक अनुरोध गरेको छ ।
मिती – २० जनवरी आइतवार समय – बिहान ११ बजे देखी
स्थान -수수헌, 서울 종로구 지봉로12가길 56-4 (मेट्रो लाइन नम्बर १ दोङम्योआप स्टेसन नजिकै लोट्टे क्यास्ट्रोल सङ्गैको भबन )
नाम दर्ता सम्पर्क – खड्ग थापामगर ०१०-३२१८-२३९८ कृष्ण रानामगर ०१०-९२२४-९५१४ टेक पुन ०१०२१७७३९६४