काेरियामा माघे सकराती भब्य रूपमा मनाइयाे
नेपाल मगर संघ कोरियाको आयोजना तथा किम्हे बुसान शाखाको ब्यबस्थापनमा मगरहरुको राष्ट्रिय पर्व माघे सकराती भब्य रुपमा सम्पन्न भएको छ।२०१९ को जनवरी १३ तारिख किम्हे मुन्ह्वा सेन्टरमा आयोजना भएको कार्यक्रममा माघे सकराती पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।
नेपाल देखि आएका राष्ट्रिय लोक दोहोरी गायिका निरु श्रीस, सृष्टि पुनले आफ्नो चर्चित मौलिक गित प्रस्तुत गरेका थिए। त्यसै गरि स्थानिय कलाकारहरु जितन श्रीस, देबेन्द्र काउचा, कुन्ज मनि थापा, लगायत थेगु मगर संघ, किम्हे मगर संघले आफ्ना गित र नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मगरहरुको पहिचान झल्किने मगर पोशाकमा सजिएर युबा युवतीहरु आएका थिए । मगरहरु विशेष परिकार, खिचडी, तरुल, बाराक रोटि, सेल रोटी, बङुरको मासु लगायतका खानाको ब्यबस्था गरिएको थियो। नेपाल मगर किम्हे शाखाका अध्यक्ष युद्द सलामीको अध्यक्षता, नेपाल मगर संघ केन्द्र सौलका अध्यक्ष खडग थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख हरुको विशेष आतिथ्यता रहेको थियो।