Advertisement
SKIP THIS

एसियामा वायु प्रदुषण उच्च बिन्दुमा, थाइल्यान्डमा कृत्रिम वर्षा गराइँदै


एसियाका विभिन्न क्षेत्रहरु अहिले अत्याधिक प्रदुषणका कारण धुलो धुँवाको तुँवालोले ढाकिएका छन् । विशेषगरी थाइल्यान्ड, चीन, दक्षिण कोरिया, भारत र हङकङको हावालाई मौसम विद्हरुले अत्यन्तै खतरनाक बताइरहेका छन् । औद्योगिक प्रदुषण, कोइला लगायतका उत्सर्जनहरुले हरेक वर्ष यस प्रकारका वातावरणीय समस्य निम्त्याउने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १० मध्ये नौजनाले अस्वस्थ हावामा सास फेरिरहेका छन् जसमा एसिया र अफ्रिकालाई सबैभन्दा बढी प्रभावित क्षेत्र ठहर गरिएको छ ।

यस्तोमा थाइल्यान्डको राजधानी बैंककमा मंगलबार विशेष प्रकारका विमानमा बादल बनाउने र पानी पार्ने क्षमतायुक्त उपकरण जडान गरि क्रितिम वर्षा गराइने बताइएको छ । यस्तो प्रक्रियालाई ‘क्लाउड सिडिङ’ पनि भन्ने गरिएको छ जस अन्र्तगत बादलहरुमा सानो मात्रामा ‘सिल्भर आयोडाइड’ जस्ता रसायन इन्जेक्ट गरि क्रितिम वर्षा गराइन्छ । भयानक मौसमी प्रदुषणको सामना गरिरहेका चीन जस्ता देशहरुले पछिल्लो समय यही तरिका अपनाइरहेको पाइएको छ । जाडो याम सुरु भएदेखि नै बैंककको आकाश धमिलिएको थियो भने एयर क्वालीटी इन्डेक्स, एक्युआइ १५०–२०० को रेन्जमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक्युआइ २५ भन्दा कम भएमा मात्र सास फेर्नका लागि योग्य मानिन्छ । यस्तोमा शहरको बाक्लो प्रदुषणलाई केही कम गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।

८० लाख जनसङ्ख्या भएको बैंकक शहरमा केही समय यता सुक्ष्म वायु प्रदुषणले गम्भीर रुप लिइरहेको पाइएको छ । यसरी हावामा अत्यन्तै सुक्ष्म धुलोका कणहरु मिसिँदा सानो भएका कारण तिनीहरु सजिलै हाम्रो फोक्सोको भित्रसम्म पुग्न सक्छन् र अरु अङ्गमा पनि संक्रमण फैलाउन सक्छन् । त्यसैले यस किसिमको खतरानक वातावरणलाई केही नियन्त्रण गर्न सोमबार भने बैंककको सिटी हल वरपरका क्षेत्रमा आगो नियन्त्रकहरुले उच्च चापमा पानीका फोर्रा आकाशतर्फ फालेका थिए ।

त्यसैगरी दक्षिण कोरियामा पनि पछिल्लो पाँच दिन यस्तै भयानक प्रदुषण देखा परिरहेको छ । त्यहाँको एक्युआइ पनि १५०–२२५ को रेन्जमा रहेको संचार माध्यम सिएनएनले जनाएको छ । यसैकारण सरकारले १० शहरमा आपत्कालीन उपाय अपनाइरहेको छ, जस्तै सडकमा सिमित सवारी सङ्ख्या लागू गराइएको छ भने कलकारखानाहरुको उत्सर्जन कम गर्न निर्देशन दिइएको छ । यता राजधानी सिओलका मानिसहरु भने मास्क लगाएर मात्र हिँड्ने गरेका छन् र आवश्यकता नभए बाहिर ननिस्कन सुझाव दिइएको छ । बाक्लो हावाका कारण बाहिर हिँड्दा सर्वसाधारणहरुको घाँटी दुख्ने गरेको बताइएको छ ।

त्यस्तै उता उत्तरी चीनलाई पनि ‘अरेनज अलर्ट’ मा राखिएको छ । मंगलबार मात्र सांघाइको एक्वुआइ १८३ पुगेको थियो । पछिल्ला केही वर्षहरुमा चीनले प्रदुषण नियन्त्रण गर्न विभिन्न आधुनिक तरिका अपनाइरहेको छ । कोइला बाल्नमाथि प्रतिबन्ध लगाउँदै चीनले २०१७ मा तीस लाख घरहरुमा प्राकृतिक ग्यास राख्न निर्देशन दिएको थियो । त्यस्तै विश्वको सबैभन्दा दूषित शहरमा पर्ने भारतको नयाँ दिल्लीको अवस्था पनि उत्तिकै भयानक रहेको छ । मंगलबार सो क्षेत्रको एक्युआइ ३०० भन्दा बढी रहेको पाइएको थियो । यस्तोमा गत हप्ता मात्र भारतीय सरकारले राष्ट्रिय स्वच्छ हावा अभियानको पाँच वर्षे योजना लन्च गरेको हो । यस अन्र्तगत २०२४ सम्ममा प्रदुषण स्तर तीस प्रतिसतले घटाउने प्रयास गरिने बताइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...