अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा
निश्चल काउचा
सोल – चिलीमा जारी कोपा अमेरिकाको खेल अन्तर्गत शनिवार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५ – ४ गोलले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको सडन डेथमा धकेलिएको थियो |
अर्जेन्टिनाका लागि पेनाल्टी सुटआउटमा लिओनस मेस्सी , गारेय , बनेगा , लावेज्ज़ी र टेभेजले गोल गरेका थिए भने लुकास बिग्ला र रोजोको पेनाल्टी खेर गएको थियो | कोलम्बियाका लागि जेम्स रोद्रिगुईज , फल्काओ , जुवन कुद्राड़ो र कार्दोनाले गोल गर्न सफल भए पनि मुरेल , जुनिगा र मुरिल्लोले गोल गर्न नसके पछि क्वाटरफाईनलवाट नै घर फर्किन बाध्य भयो |
अर्जेण्टिनाले भोलि हुने ब्राजिल र पाराग्वेबीचको विजेतासंग खेल्नेछ ।