थारू कल्याणकारिणी सभा दक्षिण काेरियाले मनायाे माघी पर्व
हरेक मान्छेको आ-आफ्नो समुदाय हुन्छ। जात र धर्म हुन्छन। रितीथीती, संस्कृती बोल्ने भाषा , चाडपर्व मनाउने तरिका, खाईने परिकार फरक हुन्छन यो नै उनिहरुको जातीय पहीचान हो।
संसारको जुनसुकै कुनामा गएपनी उसले आफ्नो त्यो पहिचान साथै लिएर गएको हुन्छ। यसै सिलसिलामा आइतबार थारु कल्याणकारी सभा दक्षिण कोरियाले उनिहरुको प्रमुख चाड माघि ( खिचरा ) पर्व कोरियाको राजधानी सउलको एक रेस्टुरेन्टमा अाैपचारिक कार्यक्रम गरि मनाएका छन। हरेक बर्ष मानाउदै आएको माघिपर्ब लाई यस बर्षपनि निरन्तरता दिएको थाकस द. कोरियाका अध्यक्ष शिब चाैधरीले बताए। ‘एकअर्कामा चिनजान हुने, दुखसुखका कुरा साटासाट पनि हुने र आफ्नो माैलीक पर्बलाई स्थायित्व दिनकालागी, जोगाई राख्नकालागि कार्यक्रम आयोजना गरेको हाै ।’ उनले भने ।
नेपालमै जस्तो त काहाँ हुन्छ र ? तै पनि माघिमै बिशेसगरी खाईने परिकारहरु सकेसम्म जुटाएका हाै थाकसका बरिष्ठ उपाध्यक्ष शिबसंकर महतो थारुले बताए। माछा, घुगी, सिपि, तिलको लड्डु, लाई (मुरि भुजा बाट बनाईएकाे लड्डु) चिचर भात (थारुभासामा चिचर प्रजातिको चामलबाट बनाईएको खाना)लगएतको परिकारको व्यबस्था गरेको उनले बताए। थाकसको बिगतका गतिबिधी र भाबि योजना बारे पनि छलफल गरेको थाकसले जनायो। विभिन्न पेसाब्याबसाय गरि कोरीयामा रहेका दुईदर्जन थारु हरुको उपस्थिति रहेको थियो।