नेपाली संघिय समाज दक्षिण कोरियाको तेस्रो महाधिवेशन फेबरवरी ५ तारिक
पहिचान,समावेशी र समृद्ध राष्ट्र निर्माण संकल्प, नेपाली संघिय समाजवाद अबको निर्विकल्प भन्ने नारा साथ तेस्रो महाधिवेशन आयोजना गर्न लागेको( नेफेसो )दक्षिण कोरियाको संचार बिभाग प्रमूख शेर साङबो शेर्पाले जानकारी दिए l
नेफेसो दक्षिण कोरियाको तेस्रो महाधिवेशन सफल बनाउन नेपालबाट प्रमुख अथिति र विशिष्ठ अथितिको रुपमा केन्द्रिय उप महासचिब प्रकाश अधिकारी र प्रतिनिधि सांसद प्रदिप यादव दक्षिण कोरिया आउने संचार बिभाग प्रमूखले जनाकारी दिए l
अहिले सम्म नेफेसो दक्षिण कोरियाको सबै प्रार्न्त र क्षेत्रमा मा रहेका जातिय,क्षेत्रीय कमिटीहरुको अधिवेशन सम्पन्न भई सकेको प्रवक्ताले बताए ।
तेस्रो महाधिवेशन राजधानी स्थित सौलसी छुङ्गन्गु थेहाक्रु 3 खिलमा दिउसो आयोजना हुने जनाएको हो l
तेस्रो माहधिवेशन सफल बनाउन कोरियामा क्रियाशील विभिन्न राजनैतिक दलका भातृ संगठन,जातिय, क्षेत्रीय,संघ,संस्था,आम नेपाली दाजु भाइ दिदी बहिनीमा नेफेसो कोरियाको अध्यक्ष महिन्द्र राईले आह्वान गर्नु भएको छ ।