मकवानपुर कोरिया मंचको अधिवेसन फेब्रुअरी ३ मा हुने
मकवानपुर कोरिया मंचको सातौं अधिवेसन फेब्रुअरी ३ मा हुने भएको छ । “मकवानपुरे प्रवासी जुटौं, प्रदेश राजधानी समृद्ध बनाऔं “ भन्ने मुल नाराका साथ हुने अधिवेशन तोडदेमुनमा हुनेछ ।
लामो समय देखि दक्षिण कोरियामा सक्रिय संस्थाले स्वदेश तथा विदेशमा सामाजिक सेवा र परोककारी कार्यहरु गरेको कार्यवाहक अध्यक्ष किशोर ब्लोन नियोगले बताए । मंचले स्वास्थ्य, शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । ‘हामीसंग भएको आधारमा सके सम्म धेरै सहयोग गर्ने गरेको छ ।’ उनले भने । ‘प्रदेश ३ अन्तर्गत पर्ने मकवानपुर जिल्ला प्रदेश कै अस्थायी राजधानी हो । यो जिल्लामा औध्योगिक पकेट क्षेत्र पनि भएकाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । मकवानुपरको बिकास र समृद्धिको लागी कोरियमा रहेको मकवानपुरवासी एक जुट भएर लाग्नु पर्ने भएकाले मकवानपुर कोरिया मंच अधिवेसन गर्नु परेको हो ।’ उनले थपे ।
कार्यक्रम दोंदेमुनको सुभेक्षा रेष्टुरेन्टमा हुने भएको छ । अधिबेसन सफल पार्न सबै कोरियामा रहेका मकवानपुरेहरुको उपस्थितीको लागी आयोजकले अपील समेत गरिएको छ । छैटौ कार्य समितीका अध्यक्ष सुरेश भोलन कोरियाको वसाई समाप्त गरी गत बर्ष नै नेपाल फर्किएका हुन् । छैटौं कार्यसमितीको कार्यअवधी अझै बाँकी नै भए पनि पदाधिकारीहरु नभएकोले समय अगाबै अधिवेसन गर्न लागिएको हो ।
यस मंच सामाजिक कार्यमा उत्कृष्ट संस्थाको रुपमा दक्षिण कोरिया नेपाली राजदुतावासले सम्मान गरेको थियो ।