लिम्बु भाषाको चलचित्र के साङ्ला लिएर नायिका लक्ष्मी कोरिया आउँदै
लिम्बु भाषाको चलचित्र के साङ्ला लिएर नायिका लक्ष्मी योङहाङ कोरिया आउँदै छिन् । उनी फेब्रुअरी ५ मा हुने चलचित्र प्रर्दशनीका लागि यहाँ आउने भएकी हुन् ।
‘मिस लिम्बू–२०१५’ मा ‘युमा कल्चरल अवार्ड’ जितेकी र मोडलिङमा स्थापित नाम हो लक्ष्मी योङहाङ । गायक स्वरुपराज आचार्यको “सधै आशु“ बोलको गितबाट म्युजिक भिडियोमा डेब्यु गेरेकी उनले हालसम्म दर्जनभन्दा बढि म्युजिक भिडियोमा मोडलिङ गरि सकेकी छिन् । अहिले गीतहरुको अफर आउँदै गरेकोले नेपाली मोडलिङको मूलधारमा स्थापित हुदै गएको उनको अनुभव छ ।
मोडलिङसँगै उनको गायनमा पनि रुचि छ । लक्ष्मीको आफ्नै भोकलमा ४ वटा लिम्बू गीत रेकड भएर बजारमा ल्याई सकेकी छिन । सानै देखि गाउँघरमा नृत्य र गायन कार्यक्रमहरुमा सहभागी हुने गरेको थिएँ त्यसैले अहिले आएर मलाई सहज भएको छ । उनले भनिन् ।
काठमाडौमा स्नातकोत्तरमा अध्ययन गरि रहेकी लक्ष्मी थिएटरमा पनि उतिकै चासो राख्छिन् । केही समय अघि मंचन भएको नाटक “तुम्बी बाजे“ नाटकमा अभिनय गरेकी छिन् । विभिन्न स्टेज प्रोगाममा ब्यास्त लक्ष्मी, व्यस्तता बिच कोरियनहरुको ठुलो चाड छुसकको मौका पारेर सिरिजंगा इन्टरट्रेटमेन्टले लिम्बु भाषा संस्कृति तथा जनजीवनमा आधारित “के साङला“ चलचित्र साथमा संस्कृतिक कार्यक्रममा सवभागि हुन दक्षिण कोरिया आउदै छिन् । लक्ष्मि योङहाङ “के साङला“ चलचित्रको नायिका हुन ।
कार्यक्रम यहि फेब्रुअरी ५ तारिख दक्षिण कोरियाको एमटियु हालमा दिनको १२ बजे प्रदर्शन गरिने जानकारी कार्यक्रमका आयोजक सिरिजंगा इन्टरटेनमेन्ट का सदस्य कल्पना माबोले वताइन ।