बाग्लुङ सम्पर्क समिति काेरियाकाे आठौ अधिवेशन फेब्रुअरी ४ मा हुने।
सन् २००१ मा स्थापना भई हालसम्म निरन्तर कोरियामा रहेका बाग्लुङे दाजुभाई तथा दिदीबहीनीहरूको साझा सामाजिक संस्था बाग्लुङ सम्पर्क समितिकाे आठौ अधिवेशन यहि आउदाे फेब्रअरी ४ तारिख हुने भएकाे छ।
समितिले प्रबासी जिबनका सुख दुखमा सहयात्रा गर्दै जन्म भुमी जिल्लामा समेत बिभिन्न सामाजिक तथा परोपकारी क्रियाकलापका साथै कोरियास्थित विभिन्न संघसंस्थाहरुसंग सामाजिक कार्यमा समेत हातेमालो गर्दै आएकोछ। बागलुङ् सम्पर्क समितिकाे आसन्न आठौ अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने, बर्तमान कार्यसमितिका प्रगति प्रतिबेदन, अार्थिक प्रतिबेदन माथी छलफल र अनुमाेदन तथा भाबी याेजना माथी छलफल हुने समितिका सचिब टेक पुनले बताए।
तसर्थ समितिकाे आठौ अधिवेशन निम्न मिती र स्थान मा हुने भएकोले कोरियामा विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियावासी बाग्लुङे दाजुभाइ दिदीबहिनी हरू तथा संरक्षक सल्लहाकारहरु ब्यबसायी पत्रकार ,कलाकार,विद्यार्थी खेलाडीहरु यहाँहरुको गरिमामय उपस्थितिको लागि समितिका अध्यक्ष सुवास लामिछानेले हार्दिक अनुराेध गरेका छन्।
मिति : 2019 फेब्रुअरी ४ गते
समय : बेलुकी ६ बजे
स्थान : जोङगाक सौल मेट्रो लाइन १ गेट नम्बर १ ( दुर्गा रेस्टुरेन्ट अन्डर गराउन्ड हल)