अमेरीकी राष्ट्रपति ट्रम र उत्तर कोरियाली नेता किमवीच यही फेब्रवरीको अन्तमा दोस्रो भेट हुने
विश्व चासोको विषय बनेको अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम र उत्तर कोरियाली नेता किम जंग उनवीच दोस्रो भेट वार्ता यही फेब्रवरीको अन्तमा हुने एजेन्सीले जनाएको छ ।
संयुक्त राज्य अमेरिकी सचिवालयबाट जानकारी भए अनुसार एसियाकै कुनै देशमा दुई नेतावीच भेट हुने पक्का भएको छ । तर हालसम्म स्थान निश्चित भइसकेको छैन् । तर भियतनामको हाइवाईमा उत्तर कोरियाली नेतालाई भ्रमणको लागि आग्रह गरिएकोले त्यही भेट हुन् सक्ने चर्चा पनि चलेका छन् । हुन त बैककमा भेट्न सकिने सम्भावना पनि अमेरीकी सचिवालयले देखाएको छ ।
गत वर्ष जुनमा सिंगापुरमा दुई नेतावीच पहिलो भेट भएको थियो । लामो समयदेखि तिक्तता रहेको दुई देशिका नेतावीचको वार्ताले विश्व रसायन क्षेत्रमा महत्वपुर्ण अर्थ राख्ने आशा विश्वले गरेका छन् ।