मेक्सीकोमा मृत्यु भएको कोरियनको शरिरबाट मुख्य अंग गायब
मेक्सीकोमा मृत्यु भएको एक पुरुषको मतिष्क, ह्रदय र पेट गायब पारीएको शब विहीबार कोरिया आइपुगको छ । ३५ वर्षिय किम थरको पुरुषको शब उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।
मेक्सीकोबाट मृत्युको कारण सामान्य पदेखाएको छ । अस्पतालमा आउदा नै उनको शरीरमा ती अंगहरु गायब भएकाले केही थाहा नभएको पत्रमा उल्लेख गरिएको छ ।
तर मृतककी पत्नीले मेक्सीको प्रहरीले राम्रोसंग अनुसन्धान नगरेको भन्दै मेरो तीन वर्षिय छोरा र ११ बर्षिय छोरीले पिता गुमाएको छ । कृपया मलाई र मेरो पतिलाई सहयोग गर्न आग्रह गर्दै हस्ताक्षर संकलन गरिरहेको छ ।
कोरियाका परराष्ट्र मन्त्रालयले पनि मेक्सीको सरकारलाई यसबारे सोध पुछ गर्ने जनाएको छ ।
एक महिना अघि मेक्सीकोमा घुम्न जादा मृत्यु भएका एक व्रिटिस नागरिकको पनि यस्तै घटना घटेको थियो । ति मृतकको पनि आँखा, मस्तीष्क र हृदय गायब बनाएका थिए । त्यस्तै शब उनको परिवारलाई पठाइएको थियो ।