भोजपुर परिवार दक्षिण कोरियाको ८औॅ अधिबेशन सम्पन्न अध्यक्षमा उमेश राई
दक्षिण कोरियामा सन २००५ मा स्थापना भएको सम्पूर्ण कोरियावासी भोजपुरेहरुको साझा संस्था भोजपुर परिवार दक्षिण कोरियाको आठौ अधिवेशन फेब्रुअरी ४ मा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट उमेश राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएका छन ।
उक्त अधिवेशन को सभापतीत्व निबर्तमान अध्यक्ष गणेश आले मगरले गरेका थिए भने प्रमुख अतिथि MTU अध्यक्ष उदय राई, बिशेष अतिथि पुर्बान्चल सरोकार समाजका कार्यवाहक अध्यक्ष प्रकाश राईको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ।
प्रमुख अतिथि उदय राई भोजपुर परिवार दक्षिण कोरियाले बिगतमा गरेको कार्यहरूको प्रशंसा गर्दै निबर्तमान समितिलाई धन्यवाद दिदै नया चयन हुनुभएका समितिलाई कार्य सफलताको शूभकामना दिए ।
निर्वाचित कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा ग्याल्जेन शेर्पा, उपाध्यक्ष ध्रुव राई, महासचिव श्याम साम्पाड़ राई, सचिव राजन थापा, सचिव सुमन्त मगर र कोषाध्यक्ष गोबिन्द बिसी छन् । त्यस्तै सदस्यहरूमा डि बी राई, नबराज तामाङ, सुनिल बान्तवा राई, पार्वती राई, दिबश राई, दिनेश मगर, सन्तोष कुमार राई र राम प्रसाद राई रहेका छन् ।