बागलुङ समाज दक्षिण कोरियाको आठौ अधिबेसन सम्पन्न,अध्यक्षमा राम प्रशाद शर्मा
बागलुङ समाज दक्षिण कोरियाको आठौ अधिबेसन सम्पन्न भएको छ । अधिबेशनले राम प्रशाद शर्माकाे अध्यक्षतामा आठाैं कार्य समितिकाे सर्बसम्मत रूपमा चयन गरेकाेछ। जसमा बरिस्ठ उपाध्याक्ष – जगेन्द्र थापामगर ,उपाध्याक्ष – ज्ञानु श्रीस ,उपाध्याक्ष – महेश पौडेल सचिब – प्रेम सागर पौडेल, सह सचिब – सोभाकर आचार्य, कोसाध्यक्ष – केदार गौतम ,सह कोसाध्यक्ष – भुमिराज भुसाल ,सदस्य- दिल बलामी, सदस्य- झक घर्ति रहेका छन भने अन्य रिक्त सदस्य पछि पद पुर्ति गरिने भएकाेछ।
बाग्लुङ सम्पर्क समितिकाे साताै कार्य समितिका अध्यक्ष सुवास लामीछानेकाे अध्यक्षतामा सस्थाका संरक्षक तथा एनआरएनए कोरियाका बरिस्ठ उपाध्यक्ष बिपिन गुरुङ प्रमुख अथिति रहेका थिए। ” बिभिन्न आराेह अवराेह पार गर्दै संस्था स्थापना भएकाे १९ बर्ष पुगेकाेछ। यस संस्था मार्फत नेपाल तथा काेरियामा उल्लेखनिय सामाजिक कार्यहरू भएका छन्। अझै सम्पुर्ण बाग्लुङ बासिहरूकाे एकताले समाज अझै दरिलाे हुने बिश्वास ब्यक्त गरे”।उद्घाटन मन्तब्यमा प्रमुख अतिथि गुरूङले भने ।
फेब्रुअरी ४ तारिखको दिन राजधानि सौल जोङगाकमा सम्पन्न अधिवेशनमा कोरियामा रहेका बाग्लुङेहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।उपस्थित सम्पुर्ण महानुभावहरूलाइ संस्थाका निबर्तमान ब उपाध्यक्ष राम प्रशाद शर्माले मन्तब्यले स्वागत गरेका थिए।
दाेश्राे चरणकाे बन्द शत्र मा सम्पर्क समितिका सचिब टेक पुन द्वारा प्रस्तुत प्रगति प्रतिबेदन तथा कोसाध्यक्ष दिपक पौडेल द्वारा प्रस्तुत आर्थिक प्रतिबेदन उपस्थित सबै साधारण सदस्यहरुबाट अनुमोदित भएको थियो।सह सचिब राजु नेपालीले प्रस्तुत गर्नु भएको बिधान संसोधन अन्तरगत सस्थाको हालको नाम परिबर्तन गरी बागलुङ समाज दक्षिण कोरिया कायम गर्ने निर्णय गरिएको थियो ।समाजकाे बिभिन्न क्षेत्रमा शाखा समेत बिस्तार गरिने बुदा बिधानमा थपिएकाेछ।
अधिबेसनको बन्द शत्र चरण बाट बिपिन गुरुङ को संयोजकत्वमा नबिन कालामगर यम श्रीस छानु चन्द दिपक पुन को अध्यक्ष मन्डलले सर्बसम्मत रुपमा राम प्रसाद् शर्माको अध्यक्षतामा १० सदस्यीय कार्यसमितिको चयन गरेकाे हाे।