सउलमा लिम्बु भाषाकाे चलचित्र के: साङ्ला प्रर्दशन सम्पन्न
सिरिजङ्गा इन्टरटेन्टमेन्ट द.कोरियाको आयोजनामा फेब्रूअरि ५ तारिखका दिन लिम्बू फिल्म के:साङ्ला कोरियाको सउलमा प्रर्दशन भएको छ । लिम्बु जनजीवनकाे कथामा आधारित चलचित्रमा लिम्बुहरूको मौलिक परम्परा देखाइएकाे छ । चलचित्र हेरेपछि अधिकाँस दर्शकले चलचित्र राम्राे लागेकाे बताए । चलचित्र प्रदशनिमा लिम्बु समुदाय तथा गैर लिम्बुहरूको पनि उपस्थिति रहेको थियो ।
चलचित्र पर्दशनि पछि सिरिजङ्गा इन्टरटेन्टमेन्टका संयोजक हाङ चेम्जोङले भने `कोरियामा धेरै पछि लिम्बु चलचित्र प्रदर्शन भएको छ,यसमा हामी एकदमै खुसि भएको छौ । सोचेको जस्तै भयो लिम्बु समुदायले आफ्नो मौलिकता भुल्न लागेको समयमा यसरि लिम्बु सँस्कृति लाइ जगेर्ना गर्न पाउदा एकदमै खुसि लागेको छ । ‘ भाषा भाषिकाे चलचित्रलाइ पनि धेरै माया गरेकाेमा सम्पुर्ण लाइ धन्यवाद दिए । चलचित्रका साथमा चलचित्रका नायिका लक्ष्मि योङहाङको पनि उपस्थिति रहेको थियो । दर्शकहरू चलचित्रका नायिका संगै बसेर फिल्म हेर्न पाउदा एकदमै खुशि लागेकाे बताएका थिए ।