दक्षिण कोरियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न
शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित २१४६ औं ग्याल्बो लोसार साँझ कार्यक्रम सफल पुर्वक सम्पन्न भएको छ । साेमबार भएकाे कार्यक्रम सउल दोङ्देमुन दंग्सिब्री याक स्थित ८८ खुल्ला थेक हलमा भएकाे थियाे ।
‘भाषा लिपि,मौलिक चाडबाड हाम्रो पहिचान : ऐतिहासिक सांस्कृति र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय मौलिक पर्व स.मो .फाग ल्हो २१४६ औं ग्याल्बो लोसार सांस्कृतिक साँझ कार्यक्रम भएकाे हाे । कार्यक्रममा शेर्पा समुदाय माझ निकै चर्चित रहेका गायक सोनाम शेर्पाले आफ्नो गीत गाएर दर्शकहरु लाई भरपुर मनोरंजन दिएका थिए भने डिजे छेवाङ शेर्पाले बेलुकी ११ बजे देखि कार्यक्रम अबधी भर डीजे सेसन मार्फत उपस्थित दर्शकहरुलाई बिभिन्न गीत संगीतले नचाएका थिए । लाेसार सांस्कृतिक कार्यक्रममा दक्षिण काेरियामै रहेका कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेका थिए ।