कोरियामा प्रणय विशेष गजल मुक्तक साँझ हुने
प्रणय दिवसको अवसर पारेर फेब्रुअरी २३ तारिखका दिन कोरियाको राजधानी सउलको दोङ्देमुनमा प्रणय विशेष गजल मुक्तक साँझ हुने भएको छ ।
प्रवासमा नेपाली साहित्यको उत्थान र प्रवद्र्धन साथै नेपाली दाजुभाइहरुवीचको भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यका साथ प्रणय विशेष गजल मुक्तक साँझ हुन लागिरहेको हो । उक्त कार्यक्रममा प्रणय विशेष गजल वाचनमा गजलकार एईडेन छन्त्याल रहनेछन् भने मुक्तक वाचनमा मुक्तककार शुशील अर्याल रहनेछन् । साथमा अन्य सर्जकहरुको पनि गजल मुक्तक वाचन गर्नेछन् । कार्यक्रम साँझ साँढे सातवाट नेपाली किचन दोङ्देमुनमा शुरु हुनेछ । कार्यक्रम मुक्तक प्रतिष्ठान दक्षिण कोरिया सँगको सहकार्यमा हुँदैछ । साथै यस मनोरञ्जनात्मक कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन साथ र सहयोगको लागि विभिन्न संघ संस्था, समाजसेवी, पत्रकार, वुद्धिजिवी, ब्यापारी, विद्यार्थी, तथा विभिन्न भिषामा कोरियामा रहनुहुने समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुमा आयोजकको तर्फवाट अनुरोध गरिएको छ ।