प्रेम प्रस्ताव राखेर हैरान पार्छन – गायिका सम्झना लामिछाने मगर
२०६८ सालमा ” गण्डकीको तीर जिन्दगीमा तिम्रो साथ् पाएकी छु मलाई केको पीर” बोलको गीतवाट आफ्नो गायन यात्रा थालेकी सम्झना लामिछाने मगर पछिल्लो पुस्ताको चर्चित लोक दोहोरी गायिका हुन् | अर्घाखाचीको जुकेना -९ मा जन्मेकी मगरले अहिलेसम्म ६ दर्जन भन्दा बदि गीतमा आफ्नो सुरिलो स्वर भरिसकेकी छिन | ”फुल फुलेर पहेलै” बोलको गीतवाट बेस्ट दोहोरी गायिका ईमेज अवार्ड २०७१ बाट सम्मानित भईसकेकी मगर देश विदेशमा हुने स्टेज प्रोग्राममा आफ्नो कला पस्कन पनि उत्तिकै ब्यस्त हुने गायिका मध्य पर्छिन | दुबई , मलेसिया , दक्षिण कोरिया , हङकङ , युके , मकाउ , बहराईन , बेल्जियम , ईटली , पोर्तुगल , फ्रान्स र भारतसम्म पुगेर गला पस्केर लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै परिचान बनाउन सफल मगरसंग वर्तमान लोक संगीतको बारेमा फोनिज कोरिया संवाददाता निश्चल काउचाले गरेको कुराकानी :-
अचेल केमा ब्यस्त हुनुहुन्छ ?
अब तिज पनि नजिकिदै छ | त्यसैले तिजको गीतहरु रेकर्ड गर्दै छु | मैले अघिल्ला ३ बर्ष देखी तिज बिशेष एल्बम निकाल्दै आईरहेकी छु | यसपाली त्यसैको तयारी र स्टेज प्रोग्रामहरुमा ब्यस्त छु |
लोक गीतको बजार कस्तो छ ?
पहिलेको तुलनामा बजार खस्केको छ | एल्बम बिक्न छोडेको छ तर मेहनत र संघर्ष गर्न सके राम्रै छ |
गीत गाएर बाच्न गाह्रो छ भन्छन नी ?
देश बिदेशमा स्टेज प्रोग्राम दिन सक्यो भने सजिलो नै छ नभए गाह्रो नै छ |
पछिल्लो चरणमा लोक दोहोरीको नाम छाडा गीत आयो भन्छन नी ?
यो त समय अनुसारको परिबर्तन हो | धेरै दर्शक तथा स्रोताहरुले यस्तै खालको गीत बदि मन पराईदिनु हुन्छ | अब कस्तो गीतलाइ छाडा भन्ने ?
कस्ता – कस्ता फ्यानहरु छन् ?
धेरै जसो मलाई हौसला दिने र सपोर्ट गर्ने खालका छन् तर कोही-कोही तिम्रो लागि ज्यानै दिन्छु भन्नेहरु पनि छन् |
प्रेम प्रस्ताव राख्नेहरु पनि होलान नी ?
सम्झना लामिछाने मगर बिबाहित हो भनेर थाहा पाउनेहरुले राख्नु हुन्न तर थाहा नपाउनेहरुले प्रेम प्रस्ताव राखेर हैरान पार्नु हुन्छ |
लोक गीत बाहेक अरु गीत पनि गाउने बिचार छ की ?
अहिलेसम्म त लोक दोहोरी नै आउदै आएको छु तर पछि समय अनुसार समय आए अरु गीत पनि गाउने छु |
भावी योजना के छ ?
संगीतलाई नै निरन्तरता दिने छु | समाजसेवा गर्ने सोच पनि छ त्यस बाहेक ब्यापार गर्ने सोचाइ छ |
संगीतमा लाग्ने प्रेरणा कहाँवाट पाउनु भो ?
म सांगेतिक माहोल भएको परिवारमा जन्मेकी हु | बिशेष त आमा र दिदीको प्रेरणाले यो क्षेत्रमा लागेकी हु |
अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
मेरो गीतलाई मन पराई दिनु हुने सम्पूर्ण लोक पारखी नेपाली दाजु भाई , दिदी बहिनीहरु र मेरा फ्यानहरुलाई धन्यवाद भन्न चाहन्छु | आगामी दिनहरु पनि मेरो गीतलाई यसरी नै माया गरि दिनु होला भन्दै मेरा दुई चार शब्द देश विदेशमा पुर्याउन सहयोग गर्ने फोनिज कोरियालाइ बिशेष धन्यवाद दिन चाहन्छु |