जनयुद्द दिवस मनाउदै (ONUF)ले गजेदो क्षेत्रीय कमिटी प्रस्तावित गठन गर्यो
२४औ महान जनयूद्ध दिवस तथा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रवासि नेपाली एकता मन्च, दक्षिण कोरीया क्षेत्रीय कमिटीले गजे क्षेत्रमा एक कार्यक्रम गरि भव्यरूपले सम्पन्न गरेको छ । जनयुद्धको महत्व र आजको नेकपा पार्टीको बैचारिक बहसलाई जोड्दै उक्त कार्यक्रममा उपस्थित कमरेडहरुले महान सहिदहरू प्रति श्रदाञ्जली अर्पण गरेर कार्यक्रमको शुरुवात गरिएको थियो । साथै बेपत्ता नागरिकको छिटो भन्दा छिटो पहिचान गरि घाइते र अपांग नागरिक हरुको स्वास्थ्य लाभ तथा न्यायको पनि माग गरेका थिए कार्यक्रममा बोल्ने सम्पुर्ण बक्ताहरुले केही सानातिना गल्तीहरु भएता पनि तत्कालिन अबस्थाको जनयुद्द ठिक रहेको धारणा ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा प्रधान्मन्त्री रोजगारको बिषयमा सबैले खुसी ब्यक्त गर्दै यस्ता कार्यक्रमहरूले सिधै जनता संग सम्बन्ध राख्ने भएकाले तत्काल लागु गरेर जान पनि सुझाव दिएका थिए । केही समय पहिले कोरियामा प्रबासी नेपाली एकता मन्च केन्द्रिय कमिटी प्रस्तावित भएता पनि क्षेत्रीय कमिटी हरु समायोजन हुन नसकिरहेको अबस्था थियो । भने यसै कार्यक्रममा दुई क्षेत्रीय संगठन हरु प्रबासी नेपाली मन्च र नेपाली जनप्रगतिशिल मन्चलाइ समायोजन गरि हर्क सिंह केसि संयोजकत्वमा १७ सदस्यीय क्षेत्रीय कमिटी प्रस्तावित गरिएको कुरा प्रबासी नेपाली एकता मन्चका केन्द्रिय सदस्य तथा गजेदो एकता समायोजन समिती बनेको छ ।
उक्त कार्यक्रमको अध्यक्षता तत्कलिन जनप्रगतिसिल मञ्च गजेदो का अध्यक्ष क. हर्क सिंह केसीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन तत्कालिन प्रवासी नेपाली मञ्च गजेदो का अध्यक्ष क.शंकर भुसालले गर्नुभएको थियो । कार्यक्रम केन्दिय सदस्य क.प्रेम विश्वकर्माको प्रमुख आतिथ्यता तथा तत्कालीन प्रवासी नेपाली मंच दक्षिण कोरियाको केन्द्रीय उपाध्यक्ष कमरेड टिकाराम उपाध्याय तत्कालीन जन प्रगतिशिल मञ्च दक्षिण कोरियाको सल्लाहकार श्याम सुन्दर नेपाल तथा केन्द्रीय सदस्य रमेश भण्डारी को आथित्यतामा सु-सम्पन्न भएको थियो ।
गजेदो क्षेत्रीय एकता समायोजन कार्यदल सदस्य प्रदिप किसानीका अनुसार प्रवासी नेपाली एकता मञ्च क्षेत्रीय कमिटी दक्षिण कोरियाको केन्द्रमा प्रस्ताबित गरिएको कमिटि यस प्रकार रहेको छ,
संयोजक -हर्कसिंह केसी
सचिव -राम फुयाल
सदस्यहरू-
दिपक पौडेल डोलराज विश्वकर्मा
गोकुल दंगाल
करण रसाईली
कुशल पुन
रमेश भण्डारी
गोपाल गूरूड़
कमल मिश्र
जिवन भण्डारी
भवानी थापा
होम नेपाली
हर्क जिसी
कुलप्रसाद अधिकारी
कुशल राना
दिवाकर अर्याल