कोरियामा नेपाली चलचित्र दिदी बहिनीकाे च्यारिटी शाे हुने
नेपाल आदिवासी जनजाती महासंघ कोरिया शाखाको आयोजना र तमुधिं, कास्की परिवार दक्षिण कोरियाको सहआयोजनामा आइतबार मार्च १७ मा नेपाली चलचित्र दिदी बहिनीकाे च्यारिटी शो गर्ने भएको हो । चलचित्रबाट संकलित रकम महासंघ कोरियाको छात्रवृत्तिमा आवासीय सुविधा सहित पोखरामा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गर्ने आयोजकले बताएको छ ।
कुशबहादुर गुरुङको निर्देशनमा बनेको चलचित्रमा अनिता गुरुङ, भिम गुरुङ र मनिषा गुरुङ मुख्य भुमिकामा छन् । पारिवारिक बिषयबस्तुमा आधारित चलचित्रमा प्रेम, समाज र समुदायको कथावस्तु रहेको निर्माता एवं अभिनेत्री अनिता गुरुङले बताइन् । उनले भनिन् – दिदिबहिनीको माया, प्रेमीप्रेमिका माया, समाज र समुदायको परिवेशलाई समेटिएर निर्माण भएको हुनाले एक पटक सबैले हेर्नु पर्ने फिल्म हो । म्याक्सन फोर डी स्टुडियोको पोष्ट प्रोडकशनमा रहेको चलचित्रलाई अनिता गुरुङ, धिराज गुरुङ र मनिषा गुरुङ निर्माता रहेका छन् ।
चलचित्रमा तीन वटा गीत समबेश रहेको छ । गीतमा नरजुङ गुरुङ, तारा श्रीस मगर, धन बहादुर गुरुङ, मालती गुरुङ, सन्तोष रुचान, स्मृति शाहीको स्वर रहेका छन् । गीत लेखन तथा संगीत निर्देशक गुरुङकै रहेको । नृत्य निर्देशक ओमन गुरुङ र नेत्र गुरुङको रहेका छन् भने राजु किराँतले द्वन्द्व निर्देशन गरेको छ । भेष गुरुङ र खेम थापा मगरको छायांकन दृश्यलाई छवि राणा मगरले सम्पादन गरेको छ । निर्माता एवं अभिनेत्री अनिता गुरुङ शोको दिन उपस्थिति हुने आयोजक संस्थाले जानकारी दिए ।
चलचित्रकाे ट्रेलर