Advertisement
SKIP THIS

कोरियनसंग विहे गर्नु नेपाली महिलाको अपराध हो.. ?


मञ्जु गुरुङ

मर्च आठ तारिख अन्तर्राष्ट्रिय महिला दिवस । विषेशत यो दिवस महिलाहरुको श्रम अधिकार बारे चर्चा गर्दै शुरुवात भएको थियो । तर पछिल्लो समय महिलाहरुको नैसर्गिक , आर्थिक , सामाजिक र राजनीतिक अधिकार जस्ता विविध मुद्यालाई उठान गर्ने अवसरकोरुपमा विस्तार हुदै छ । अन्तर्राष्ट्रिय स्तरमा मार्च १ तारिखदेखि नै साता व्यापीरुपमा महिलाका अधिकारबारे चर्चा गर्दै महिलामाथि हुने विविध हिंसाको उजागार गर्ने अवसरको रुपमा यो दिवस मनाउदै आएको छ ।

यसै सन्दर्भमा दक्षिण कोरियामा कोरियन नागरिकसंग विवाह गरेकी नेपाली महिलाहरु बारे चर्चा गर्ने प्रयास गरेको छु । कोरियन नागरिकसंग विभिन्न देशका महिलाहरुले विवाह गरेको पाइन्छ । चिनिया, भियत्नामी, जापानीज , फिलिपिनो, रसियन, कम्बोडियन अथार्त युरोपियन महिलाहरु पनि छन् । कोरियन नागरिकसंग विवाह गर्ने नेपाली महिलाहरुको संख्या यकिन तथ्यंक नभए पनि एक हजार जति रहेको अनुमान गर्न सकिन्छ । साथै कागजी विवाह मात्रै गर्ने नेपाली महिलाहरु पनि छन् । कतिपय नेपाली महिलाहरु कोरियाको नागरिक्ता लिएपछि पारपाचुके गरी नेपालीसंगै घरजम गरी बसेका पनि छन् । त्यसैले पनि ठ्याक्कै तथ्यंक निकाल्न कठिन छ ।

नेपाली महिलाहरुले कोरियनसंग वैवाहिक जीवन शुरु गर्न थालेको करिब दुई दशक भएको अनुमान गर्न सकिन्छ । तर अझै पनि कोरियनसंग विवाह गर्ने नेपाली महिलाहरुप्रति हेरिने नेपाली समाजको सोच भने सकरात्मक हुन सकेको छैन् । कोरियनसंग विवाह गर्ने महिलाहरुले उचित सम्मान पाउन सकेका छैनन् । उनीहरुलाई विभिन्न आरोप र लालछनाहरु लागउने गरिन्छ । भोटेको बुडी (पत्नी) भन्दै अपशब्द प्रयोग गर्ने , भेडा बाख्रा जस्तै किनिएर आउने र बच्चा जन्माउने मेसिन बन्न आउने जस्ता उपनाम दिदै अपहेलना गर्ने गरेको पाइन्छ ।

एक पटक सउल स्थित नेपाली राजदूताबासमा भएको कार्यक्रममा नेपालबाट आउनुभएको एकजना उच्च पदाधिकारीले कोरियनसंग विवाह गरी आएको भन्ने परिचय पाएपछि ‘संगै बस्नुहुन्छ कि अलग्गै’ प्रश्न गर्नुभयो । जुन प्रश्नले मलाई आश्चार्य तुलायो । नेपाली महिलाहरु कोरियनसंग पैसा र नागरिक्ताको लागि मात्रै विवाह गर्छन भन्ने वहाँको बुझाइ रहेछ कि जस्तो लाग्यो । मैले त ‘ तपाईको श्रीमान कस्तो हुनुहुन्छ , के गर्नुहुन्छ’ भनेर सोध्नुहोला भन्ने आशा गरेको थिए । यसले पनि प्रस्ट पार्छ समाजका शिक्षित, बौद्धिक र सचेत वर्गले पनि कोरियनसंग विवाह गर्ने महिलाहरुप्रति गरिने सोच कस्तो रहेछ भनेर ।

कोरियानसंग विवाह गरी बर्षौदेखि राम्रो घरजम गरेर बसेका धेरै छन् । कोरियन भाषामा दक्ष भएकाले धेरै नेपालीहरुलाई नै सहजताको काममा संलग्न भई सेवा पुराई रहेका छन् । कैयौ विद्यालयहरुमा नेपाल र नेपाली कला र संस्कृतीको पहिचान गराइरहेका छन् । प्रहरी जस्तो सम्मानित र गौरवन्दीत पेशामा पनि नेपाली महिला प्रवेश गरी राष्ट्रको नाम उचो पारीरहेका छन् । नागरिक जनस्तरका सम्बन्धलाई सुढृय बनाइ रहेका छन् । आफ्नै परिवारलाई भएपनि नेपालमा थोरै आर्थिक सहयोग पु¥याइरहेका छन् । पारिवारीक भेटघाट भएपनि नेपालमा पर्यटन भित्राइरहेका छन् । हरेक महोत्सव र सामूहिक गतिविधीमा नेपाली मौलिक पहिरन र परिकार पस्केर नेपाली भाषा , कला , संस्कृती तथा प्राकृतीक सौन्दर्यलाई कोरियामा प्रचार प्रसार गरिरहेका छन् । कोरियाका कतिपय उच्च प्रविधीलाई नेपाल भित्राउने प्रयास गरिरहेका छन् । यसप्रति नेपाली समाजले सोच्न सकेको छैन् ।
तैपनि कोरियनसंग विवाह गर्ने महिलाहरुलाई किन नेपाली समाजले सकरात्मकरुपमा लिन सकेनन् ? यस्ता महिलाहरुले समाज र राष्ट्रलाई के हानी पुराएको छ ? कोरियनसंग विवाह गरेका केही महिलाहरु चरित्रहिन भए भन्दैमा सबैलाई उस्तै ठान्न मिल्छ .. ? केही विकृतीका शिकार भए भन्दैमा सबैलाई उस्तै दाज्न मिल्ला त ..? के कोरियन नागरिसकसंग विवाह गर्नु नेपाली महिलाको अपराध हो ..? यस्ता लालछना र आरोपित भनाइका कारण राम्रो घरजम गरेर बसेका महिलाहरु र उनका परिवारहरु कहिलेसम्म लज्जित भएर बस्नु पर्ने ?

( लेखक :  नेपाली चेली समाज दक्षिण कोरियामा आवद्ध हुनुहुन्छ )

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...