हु्न्डी अथवा पैसाको अन्तराष्ट्रीय कारोवार कैलेवाट र कसरी शुरुभयो ?आधिकारीक रुपमा जानकारी नभएपनी वैंकींग सेवा शुरुहुनु पुर्वनै युरोप र भारतको व्यापारीक कारोवारमा हुन्डीको प्रयोग हुन्थो भन्ने अध्ययन गर्न सकिन्छ।आजको युग अव पुर्णतया पूँजीवादी युगको रुपमा वुझ्न सकिन्छ।त्यसैको आधारमा राज्य संचालनको प्रमुख हिस्सा पुँजीलाइ लिन सकिन्छ।आधुनिक विस्वको निर्माणसंगै पुँजीलाइ व्यवस्थापन वैंकिग तवरवाट गर्न सुरक्षित मानिन्छ।त्यसैले आज भोली काँचों कागजका तमसुक जत्तिकै वैंकका भौचर र वैंकिग कारोवारलाइ मानिन्छ।तसर्थ आफ्ना नागरिकको आय व्यय सवै पारदर्शी हुन भन्ने उदेश्यले सवै सरकारले नागरिकलाइ वैंकिग कारोवार गर्न प्रहोत्सान गरेको छ।पुँजीको हिस्सा सरकारी अभिलेखमा स्पस्ट आओस भनेर यो गरिएको हो।विना वैंकिग कारोवार गरिने पैसाको कारोवारनै वास्तवमा हुन्डी हो।आजको पुँजी वजारको समस्यानै हुन्डी वन्दै गएको छ।
किन हुन्डी वैंकिग कारोवार भन्दा सस्तो हुन्छ?अधिकांस मानिसको जिज्ञासा।पक्कै जति सरल प्रस्न उत्तिकै जटिल उत्तर हो जस्तो लाग्छ।झट्ट हेर्दा वैंकिग कारोवार अथवा कानुनी प्रक्रियामा सटहीदर भन्दा सस्तो दिन्छ?एकदमै दिदैन अनि हुन्डी कसरी त?सवाल यो हो।हामी कोरियामा मज़दूरी गर्छौ यो निर्यात कर्ता देश हो यस्को ठुलो निर्यात चाइनामा हुन्छ।चाइना पनि निर्यात रास्ट्र हो जसवाट हाम्रो देशमा धेरै सामान जान्छ।अव सिदा भन्दा हामीले श्रम गरेको पैसाले केही सामान कोरियाको चाइना जान्छ फेरी त्यो नेपाल।अथवा कुनैपनि पैसा कारोवारमा वैंकिंग कारोवार हुदैन।एउटै पैसाले विना मु्द्रा सटही ४,५ कम्तिमा कारोवार गरेर हाम्रो देशसम्म पुग्छ।अव सोजो अर्थ लगाउ त्यसको सटहीदर अनि वैंकिग सेवाशुल्क सवै हिसाव गर्दा कति गुणा फाइदा छ?अझै सामानको मु्ल्यांकन र त्यसको भन्सारमा हुने गडवडी र नाफाको लेखाजोखा गर्दा हिसाव गरिसाध्य छैन।हुन्डी ट्रान्जिसन दुवइ र हंगकग विश्वमा प्रख्यात रहेको सवैमा जानकार नै छ।अव के निस्कर्स निकाल्न सकिन्छ भने त्यो मार्ग हुदै भित्रने सुनको तस्करी सिदै हुन्डीवाल संग।
अव हेरै हामीले गरेको कार्यले राज्य कति ठगिन्छ हामी विदेशमा कमाएर राज्य धानेका छौ भन्छौ तर रेमिट जति सवै सुन तस्करी गर्छौ हुन्डी मार्फ़त।राज्यको कानुनी दायरामा यो सवै रकम आउन सके कति अन्तर हुन्छ।रास्ट्र वैंकले एकहप्ता अगि निकालेंको तथ्यांकले आगामी वर्स ४२% कानुनी रुपमा कोरीयावाट रेमिट्यान्स भित्रन्छ।अथवा ३७ हजार इपियस मजदुरको प्रतिमहिना २ हजार डलर हिसाव गर्दा यो रकम वार्षिक ९२ करोड डलर हुन्छ यो सवै केन्द्रीय कोषमा देखिएमा।आगामी आर्थिक वर्सको वजेको आकार करिव ८.५२% ले वड्न सक्छ।त्यस्ले ठुला रास्ट्रिय योजनामा कति वढाउन सक्ला सामान्य हिसाव गरौ।तर विडम्वना हाम्रो रेमिट्यान्सको ५८% त यो वर्स पनी तस्करै हुदैछ।अथवा हरेक हुन्डी गर्ने इपियस मजदुरले प्रति महिनाको तलव हुन्डी मात्र गर्दै छैन ।करिव ५ तोला सुनपनि एयरपोर्टमा तस्कर गर्दै छ।अव हामी परिवर्तन हुनेकी नहुने।सवाल तपाइको रकम कोरियाको हुन्डीवालाले डुवाउला मात्र हैन तपाइको पसिनाको कमाइले तस्कर गर्लाकी नगर्ला पनि हो।
कोरियामा फेरी वहस शुरुभयो समाजसेवामा हुन्डीको।यो सामान्य हो हिजो एनआरएनको उपाध्यक्ष हुन्डी गर्दा गर्दै पक्राउ परेको ठुलै मिडीयामा नआएको हैन।आजपनि चोखो होला भन्ने आधार त्यसैको जगमा टेकेर होला भन्न सकिन्न।अव अलिकती एनआरएनको एजेन्डा विधान लगायत दस्तावेज़ हेरौ।आजकल हानाथाप छ हामी यति रेमिट्यान्स दिने राज्य भन्दै तर पर्दा पछाडी उनकै हात छ हु्न्डीको कारोवारमा।३७ हजार लिगल मजदुरलाइ एनआरएन केहो भनेर कोरियामा सोध्ने हो भने करिव ३२ हजार माथिको यो हुन्डी गर्ने हरुले आफ्नो कारोवार गर्न संचालन गरेको नाटक हो सिदै भन्छन।कसैले टाउको नदुखाउनु होला करिव ३ सय माथिको मिनी सर्वेक्षण म स्वयमले गरेको छु।अव एनआरएनले यो विसय उठाउन जरुरी छकी छैन विचार गरौ।कारोवार व्यक्ती व्यक्ती गर्ने अनि समस्या आएपछी समाज खोज्ने?प्रस्न यहीहोला एकदमै जायज छ। व्यक्ती झगड़ा गर्ने अदालत धाउने वन्द गरौ ।लाप्पा आफु खेल्ने किटानी जाहेरी लिएर चौकी धाउने।कोरीया आफु आउने तलव दिएन भनेर विमा कम्पनी धाउने। वस यस्तै हो यो तर्क। जव विदेशमा वसेर नेपालीवाटै नेपाली लुटिन्छ भने त्यो नेपालीले नेपाली समाज नखोजेर के चर्च मस्जिद वा गुम्वा धाओस।समाजसेवाको ठेक्का लिएझै गरेर निस्कने अनि समाजको समस्यानै हैन अव जिम्मेवारहरु सचेत हुन जरुरी छ।एनआरएनको उदेश्य प्रवासमा कमाएको पुजी नेपालमा लगानी गर्नुनै हो त्यो भन्दा वकवक गरेर राजनितीक एजेन्डा वोकेर राजनिती नगरेकै राम्रो।
पक्कै यो पढिरहदा आदर्सको खेती गरेको सोच्नु स्वभाविक हो।राजनितीमा एकसे एक लुटेरा निस्केर राज्यकोष दोहन गरिरहदा सामान्य हामी किन आदर्सवादी हुने स्वभाविक छ प्रसंग।तर मैले यो लेखिरहदा राज्यले मलाइ के गर्यो र राज्यलाइ मैले के गरे पुंजीगत रुपमा सम्झिरहे।कतिपय इपियसको मजदुरहरु मभन्दा उमेरले कान्छाहरुले विभिन्न भिटामिन र खोपहरु लाउनुभो होला मैले त्यो पाइन।आजकल त पेटमै वच्चा आउदै आइरन चक्की लगायतको सुविधा छ।तर म मैले राज्यवाट लिएको शुविधा सम्झन्छु।
५९ सालमा १० क्लास पढ्दा साइन्स पढाउने टिचरले एकदिन एक पिरियड सकेपछी मेरो ७५ रुपैया पाक्यो भन्नु भाथ्यो ।हामी ७२ जना थियौ।मेरो भागमा रु १ वढी पर्यो ।एकमहिनाकाे रू ३० बर्सको रू ३६५ आठ विसय काे रू २६ सय।वोर्डको परिक्षा १,देखी ९ सम्म संगै कलेज सवै जोड्दा करिव १ लाख माथि रहेछ। यो कुनै तहको सुविधा वाहेक सामान्य मात्र हो।यो रकम आजभन्दा ७ वर्स अगिनै खर्च भएको नितान्त सामान्य विसयहरु पढ्दाको खर्च।अरु टेक्निकल र विसयगत संगै अरु सुविधाहरु लिनेको फरक होला।
अव सोचे मैले राज्यलाइ के दिए? नागरिकता वनाउन जाँदा रु ५ टाँसे,विहे दर्तामा ५० होक्यारे ।राहदानी वनाउदा १० हजार यस्तै यस्तै जोड्दा अहिलेपनी १ लाख पुगेन।अव सोचौ देश नेताले मात्र विगारेकी मैलेपनी।मसंग अहिलेको जमना अनुसार आय व्ययको हिसाव गर्ने र कर तिर्ने पान नम्वर छैन मैले आजसम्म आयकर वुझाएको छैन।अझै प्रवासमा कमाएको रकमपनी हुन्डी गरेमा मेरो वोल्ने देश डुवाए भन्ने नैतिकता कहाँ रहला।अझै समाजसेवीको नाममा २,४ जना चिनजानको साथिहरु प्रयोग गर्दै हुन्डी कारोवार शुरु गरे केहोला।सोच्न अव तपाइहामी सवैले जरुरी छ।सकेसम्म वैंकिग प्रक्रियावाट डलर सटहीदर अनुसारै पैसा पठाउ।असम्भव भए आजकलत रेमिट धेरै खुलिसके त्यसको अधिकतम प्रयोग गरौ।असुविधा भएमा नजिकै चिनजानको साथी जोसुकैको सहयोग लिऔ तर १,२ हजार सस्तो भयो भन्दैमा हुन्डी प्रयोग गरेर पुँजी माफियालाइ उकालो लगाउदै रास्ट्रमाथी घात नगरौ हामी सवै थोरवहुत पढेरै आएका विद्वान छौ।
लेखक ठगेन्द्र न्यौपाने हाल काेरिया