दक्षिण काेरियामा हृदयघातबाट एक नेपालीकाे मृत्यू
रोजगारिको लागि दक्षिण कोरिया आएका एक नेपालीको हृदयघातबाट शनिबार मृत्यु भएको छ। उदयपुर जिल्ला, पुरानो गाईघाटका ३८ बर्षिय भुपाल राईको मृत्यु भएको हो । राई ८ बर्ष अगाडि कोरियाको ह्वासाङ सिमा रहेकाे मोटर पार्टस बनाउने कम्पनीमा कार्यरत भएको मृतकका भिनाजु दिनेश राईले बताए। मृतक राई पहिलो ४ बर्ष १० महिनाको कार्यकाल सकेर पुन सोही कम्पनिमा कमिटेड वर्करका रुपमा आएक थिए ।
शनिबार बेलुकाको खाना खाए लगतै राई बेहोस भई ढलेका कम्पनिमा संगै काम गर्ने दिल तामाङले बताए। ‘बेहोस भएपछि हामिले ट्याक्सि बोलायाै, गम्भीर अवस्था देखेपछि ट्याक्सि चालक ले ११९ मा फोन गरेर एम्बुलेन्स बोलाई दिए ।’ उनले भने हस्पिटल पुग्नु अगाडि नेै मृत्यु भई सकेको रहेछ।
अहिले मृतकलाई पोस्ट मार्टमका लागी एक स्थानिय अस्पतालमा राखीएको र रिपोर्ट आएपछि सम्पुर्ण प्रक्रिया पूरा गरि नेपाल पठाउने तयारि भैरहेको श्रम सहचारी डिल्लीराज बास्तोलाले बताए । ‘बढिमा एक हप्ता लाग्न सक्छ । लासलाई नेपाल छिटाे पठाउन पहल गर्ने छाै।´ बास्ताेलाले भने।
मृतक राईको नेपालमा श्रीमती र ४ बर्षे छोरी र एक वर्षिय छाेरा छन्।