चट्याङ लागेर घाइते भएका मनकुमारलाई कोरियाबाट अार्थिक सहयोग
चट्याङ लागेर घाइते भएका पाँचथर फाल्गुनन्द ३ का मनकुमार तामाङलाई पौवा सारताप सरोकार मञ्च दक्षिण कोरियाले ४३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। गत हप्ता फाल्गुनद गाउँपालिकाका वडा सदस्य पदम ध्वज तामाङ र अन्य समाजसेवीहरुको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो।
निजको अहिले झापा विर्तामोड स्थित मनमोहन मेडिकल कलेजमा उपचार भइरहेको सरोकार मञ्चका अध्यक्ष भक्त बल तामाङले जानकारी दिए । सोही घटनामा चट्याङकै कारण जीतबहादुर तामाङको छोरा भगेन्द्र तामाङको मृत्यु भएको थियो भने अर्का छोरा मनकुमार तामाङ घाइते भएका थिए।