नेपाल आदिबासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष महाधिबेशन अप्रिल ७ मा हुने
नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन अप्रिल ७ तारिख आइतबार नेपाल हाउसमा हुने भएको छ । अहिलेको कार्यसमितिका अधिकांश पदाधिकारीहरु नेपाल गएकोले अधिबेशन गर्न लागेको महासंघले जनाएको छ ।
‘हाम्रो कार्यकाल अझै बाँकी नै छ । अध्यक्ष लगाएतका धेरै साथीहरु नेपाल जानु भयो । उहाँहरु फर्केर आउनु हुन्न । त्यसैले हामीले समय अगाबै विशेष महाधिबेशन गर्न लागेका छौ ।’ महासंघको कार्यवाहक अध्यक्ष मल्लिका थकालीले भनिन् । ‘यो अधिवेशनबाट चुस्त दुरुस्त कार्य गर्न सक्ने टिम आउने उनले आशा गरिन् ।’
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियामा रहेका बिभिन्न जातिय समुदायको साझा संस्था हो । ‘दक्षिण कोरियामा रहेका जातिय संस्थाहरुलाई हामीले मिलाएर लैजाने प्रयास गरेका छौ । यो अधिवेशनमा सबै जातिय संस्थाका साथीहरु आएर सफल पार्नु हुन्छ भन्ने हामीले विस्वास लिएका छौ ।’ महासंघका सचिव युगेल शेर्पाले भने । ‘समय अलि छोटो भए पनि हामीले सबैलाई पत्रचार गरेका छौ । यदि कसैलाई कुनै कारणवस पत्र नपुगे पनि कार्यक्रममा सहभागिता जनाइ दिनु होला ।’ उनले भने ।
अधिवेशन बिहान ठीक १० बजे सुरु हुने भएकोले सबै सहभागीलाई समयमै कार्यक्रम स्थलमा आउन आयोजकले आग्रह गरेको छ ।