नेपाल मगर संघ दक्षिण कोरियाको अधिबेशन सम्पन्न, अध्यक्षमा सिपी मगर
नेपाल मगर संघ दक्षिण कोरियाको नवौ अधिबेशनबाट सिपी मगर निर्वाचित भएका छन् । शनिवार सउलमा भएकाे अधिवेशनबाट २१ सदस्यीय मगर संघकाे कार्यसमिति चयन भएका छन् ।
कार्य समितिमा बरिष्ठ उपाध्याक्ष टेक पुन मगर, उपाध्याक्षहरू दिल पुन मगर (खाम भाषा), तुल चाेचाङ्गि मगर , उमेश थापा मगर र राजकुमार अाले मगर (शाखा क्षेत्र) रहेका छन् । त्यस्तै महासचिव केशर राना मगर, सचिब बाशु थापा मगर, कोषाध्यक्ष लाेक पुन मगर र सह कोषाध्यक्ष तारा पुन मगर चयन भएका छन् । सदस्यहरूमा दयाराम राना मगर, हाेम अाले मगर, तुल बहादुर घर्ती मगर, छबिलाल राना मगर, शितल राना मगर, दिल बहादुर बलामी मगर, यमुना राना मगर, सुनिल थापा मगर, टंक रानामगर, तिलिजा पुन मगर र साेम बुढा मगर छन् ।
अधिवेशनकाे उद्घाटन शत्रलाइ जनजाति महासंघ दक्षिण काेरियाकी कार्यवाहक अध्यक्ष मल्लिका थकालीको प्रमुख अतिथ्यमा मगर संघका सल्लाहकारहरू अप्त पुन , नविन काला मगर, हाेबिर थापा मगर, अाेम जुग्जाली मगर, ललित थापा मगर, यम श्रीस, मनु राेका मगर , नगेन्द्र थापा मगर , खगेन्द्र बुढा मगर, जीतन श्रीस मगर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले कार्यक्रममा सम्बाेधन गरेका थिए ।
अधिबेशन समरोहमा प्रवासी भुमी कोरियामा सन २००३ मा स्थापित नेपाल मगर संघ कोरियाले विभिन्न संघ संस्थासंग हातेमालो गर्दै सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको र नवौ अधिवेशनले नयाँ कार्य समिति चयन, बर्तमान कार्यसमितिका प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन माथी छलफल र अनुमाेदन तथा भाबी याेजना माथी छलफल समेत भएकाे थियो ।