जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिवेशन सम्पन्न, अध्यक्षमा युगेल शेर्पा
नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन आइतबार नेपाल हाउसमा सम्पन्न भएको छ । अधिवेशनबाट युगेल शेर्पा अध्यक्षमा चुनिएका छन् ।
कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष वाइबी मगर, उपाध्यक्ष सोम वाईवा, राजेश चौधरी रहेका छन् । महासचिव गोविन्द राई, सचिव मनोज वाईवा, कोषाध्यक्ष एक वहादुर गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा आङ सोनाम शेर्पा, राजकुमार राई, किशु थापामगर, सगुन भट्टचन, श्रीप्रसाद श्रेष्ठ, मान कुमार चौधरी, डोल्मा ओमु ह्योल्मो र तुलबहादुर मगर छन् ।
झन्डै तीन घन्टा ढिला सुरु भएको उदघाटन कार्यक्रमलाई एनआरएनए दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष गोकुल थोकर, सोलुखुम्बु सेवा समाजका अध्यक्ष विसन राई लगाएत बिभिन्न जातिय संघ संस्थाका प्रतिनिधिले सम्बोधन गरेका थिए ।
यस अघिको कार्य समितिका अधिकांश पदाधिकारी नेपाल फर्किएका कारण धेरै पदहरु खाली भएकोले समय अघि नै अधिवेशन गरिएको हो ।