एनसीसीको नयाँ नेतृत्वको लागि मतदान जारी ( भिडियो सहित )
मिङमार लामा ( स्थलगत रिपोर्ट )
सोल – कोरियामा लामो ईतिहास बोकेको संस्था नेपाली सम्पर्क समिति कोरियाको नयाँ नेतृत्वको लागि अहिले सोल स्थित एमटियुको हलमा मतदान जारी रहेको हाम्रा संवाददाता मिङमार लामाले जनाएका छन् |
अध्यक्ष पदका लागि प्रेम साह , शंकर बस्नेत र बालाराम पुन उपाध्यक्षको लागि अन्जु केसी , भुवन कुवर ( निर्विरोध बुसान ) गोबिन्द प्रसाद बास्तोला , पवन राई , राजाराम पन्त र जित बहादुर गुरुङ महासचिवको लागि यदु लामिछाने , राजेन्द्र बस्याल र शान्ति लामा सचिवको लागि डी आर खालिङ , धर्मेन्द्र कुमार शाही ( निर्विरोध बुसान ) सुन्दर लिम्बु र राम सुन्दर बस्नेतले प्रतिस्प्रधा गर्दै छन् |