सङ्घीय समाजवादी फोरम नेपाल दोलखा जिल्लाको दोस्रो अधिवेशन सम्पन्न अध्यक्षमा ललित बहादुर मगर निर्वाचित
सङ्घीय समाजवादी फोरम नेपाल दोलखा जिल्लाको दोस्रो अधिवेशनमा जिल्ला भरि रहेका प्रतेक स्थानिय तहका 3/ 3 जना प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न भएको पार्टीको जिल्ला निर्वाचन अध्यक्ष मण्डलका संयोजक दावा छिरी शेर्पाले पत्रकार सम्मेलन गर्दै जनाकारी दिए ।
उक्त दोलखा जिल्लाको दोस्रो अधिवेशनबाट
दोलखा जिल्ला समन्वय समितिमा निर्वाचित पदधिकारीहरुको नामवली यस प्रकार रहेको छ । अध्यक्ष ललित बहादुर मगर,उपाध्यक्ष प्रेम ध्वज तमाङ्ग ,उपाध्यक्ष जितेन थामी,सचिब मंगते शेर्पा मिङमा, सह सचिब कामे शेर्पा,कोषाध्यक्ष विष्णु माया मगर ,सदस्यहरु शेर साङबो शेर्पा,
प्रेम बहादुर मगर,मनिष थामी,सम्झना थामी,गणेश बहादुर तमाङ्ग,बल बहादुर श्रेष्ठ,सुर्य बहादुर तमाङ्ग,धुर्व थामी,दिनेश श्रेष्ठ,ङवा शेर्पा, राजु विक, डेन्डी शेर्पा रहेका छन् ।
अधिवेशन सफल बनाउन पार्टीको विभिन्न जातीय, क्षेत्रिय र 3 न प्रदेश प्रतिनिधीहरुको उपस्थितिमा अधिवेशन सम्पन्न गरेको हो ।
संघिय समाजवादी फोरम नेपाल दोलखा जिल्लाको दोस्रो अधिवेशन चरिकोट स्थित भ्यु टावर हलमा भएको थियो ।
संघिय समाजवादी फोरम, नेपालको प्रथम राष्ट्रिय एकता महाधिवेशन यहि बैशाख २८,३०,गते जनकपुर मा आयोजना हुन भएको हो ।