Advertisement
SKIP THIS

आजका मान्छे किन आक्रोशित र तनावग्रस्त बन्दैछन् ?


अहिले विश्वभरका मानिस झन् धेरै दुःखी र बढी आक्रोशित, चिन्तित अनि तनावग्रस्त रहेको एउटा ग्लोबल सर्भेले देखाएको छ । १४० राष्ट्रहरुबाट १ लाख ५० हजार मानिसहरुको अन्तर्वार्ता गर्दा एक तिहाइ भन्दा धेरै तनावयुक्त रहेको र पाँचमध्ये एकजना दुःखी र आक्रोशित रहेको पाइएको हो । यसरी ‘गेलप ग्लोबल इमोसन’ को वार्षिक रिपोर्टका लागि सबै सहभागी राष्ट्रका नागरिकहरुलाई तिनका सकारात्मक र नकारात्मक भावनाबारे प्रश्न गरिएको थियो ।
सार्वजनिक सूचीमा सबैभन्दा नकारात्मक देश चाड र नाइजर रहेका छन् भने सबैभन्दा सकारात्मक देश चाहिँ प्याराग्वे रहेको बताइएको छ । त्यस्तै अमेरिकाबाहिरको सबैभन्दा सकारात्मक देश इन्डोनेशियालाई मानिएको छ । यसका लागि अनुसन्धानकर्ताहरु यो रिसर्चको अघिल्लो दिन मानिसहरुले कस्तो अनुभूति गरिरहेका थिए भन्नेमा केन्द्रित रहेका हुन् । जस्तै सहभागीलाई ‘तपाईँहरु हिजो कति मुस्कुराउनु वा हास्नुभयो ? के तपाईँलाई सम्मानपूर्वक व्यवहार गरिएको थियो ?’ भन्ने जस्ता प्रश्न गरेर उनीहरुका दैनिक अनुभवहरुबारे गहिराइपूर्ण अध्ययन गर्ने प्रयास गरिएको हो ।
यस्तोमा आजका मानिसले महसुस गर्ने तनावको दर तुलनात्मक रुपमा उच्च रहेको पाइएको हो । त्यस्तै दुःख र चिन्ता अनुभूति गर्नेहरुको सङ्ख्यामा पनि वृद्धि देखिएको छ । प्रश्न गरिएका ३९ प्रतिशत सहभागीहरुले आफू अघिल्लो दिन चिन्तित रहेको र ३५ प्रतिशतले भने तनावग्रस्त भएको बताएका थिए । यसरी सकारात्मक भावना महसुस गर्नेहरुमा प्याराग्वेपछि पनामा, ग्वाटेमाला, मेक्सिको र एल्साल्भाडर रहेका छन् ।
ती देशहरुमा गरिबीको दर उच्च र द्वन्द्व जारी रहेपनि यिनीहरुले विश्वका अन्य विकसित देशहरुलाई पछि पारेका हुन् । यसरी उनीहरुले उच्च स्तरीय जीवनको आनन्द नउठाएपनि धेरै मुस्कुराउने, रमाउने र सकारात्मक रहने गरेको अन्तर्वार्तामा बताए ।
यसमा पनि विशेषगरी ल्याटिन अमेरिकी मुलुकहरु परेका छन् जहाँका परम्परा नै जीवनका सकारात्मक पक्षमा बढी केन्द्रित रहने गरेकाले यस्तो नतिजा प्राप्त भएको बताइएको छ । यसरी विश्वका सबैभन्दा खुसी देश मानिएका फिनल्यान्ड, डेनमार्क, नेर्वे र आइसल्यानडलाई समेत ल्याटिन अमेरिकाले पहिलोपटक पछि परेका छन् ।
त्यस्तै धेरै नकारात्मक भावना राख्नेहरुमा चाहिँ चाडपछि नाइजर, सिएरा लिओन, इराक र इरान रहेको बताइएको छ । चाडमा प्रत्येक दशमध्ये सातजनाले पछिल्लो वर्ष घरमा छाक टार्न समेत कठिन भएको बताएका हुन् भने पूरै जनतामा ६१ प्रतिशतले शारीरिक पीडा महसुस गर्ने गरेको बताए । तरपनि तनावको विषयमा भने ग्रीस र अमेरिका चाड भन्दा अगाडि रहेको पाइएको छ ।
ग्रीसका जनता विश्वमै सबैभन्दा तनावग्रस्त रहेको रिपोर्टमा उल्लेख छ । यसमा ५९ प्रतिशतले दैनिक तनाव महसुस गर्ने गरेको बताएका हुन् । त्यस्तै अमेरिकामा पनि ५५ प्रतिशत वयस्कहरु तनावको शिकार हुने गरेको बताइएको छ । यसरी युद्ध, राजनीतिक संकट र जटिल मानवीय अवस्थाकाबीच २०१८ मा पनि विश्वव्यापी मानिसहरुको अवस्था दुःखदायी नै रहेको पाइएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...