थेगु नेपाली मन्च काेरियाले सदस्यता बितरण तथा चियापान कार्यक्रम अायाेजना गर्दै
दक्षिण कोरियाकाे थेगु क्षेत्रमा रहेका कृयाशिल बिभिन्न संघ संस्थाहरुको छाता संघठन थेगु नेपाली एकता मन्चले सदस्यता बितरण तथा चियापान कार्यक्रम अायाेजना गर्ने भएकाे छ।
यही मे-२६ तारिख आइतबारको दिन मन्चमा आवद्ध भैसकेका तथा जोडिन चाहने संस्थाहरुलाई सदस्यता बितरण गर्ने भएको छ। साथै उक्त दिन मन्च र मन्चमा आवद्द सदस्य सँस्थाहरुलाई अझ कसरी प्रभावकारी ढंगले एकबद्व गराएर हातेमालो गर्दै अगाडि बढ्ने,बढाउने भन्ने बारेमा बृहत छलफल,सम्मान तथा चियापान कार्यक्रमको पनि आयोजना गरिएको छ।
वेगान शहरको “हिमालयन रेस्टुरेन्ट”मा हुन गैइरहेको उक्त कार्यक्रममा थेगु वरपर रहेका सम्पूर्ण संघ सँस्था,सेल्टरका पदाधिकारी, बुद्धिजीवी महानुभावहरु, ब्यवसायी, संचारकर्मी तथा विद्यार्थीबर्गहरूलाइ आधिकारिक निमन्त्रणा पत्र मार्फत गरिएकाेछ। कदमकदाचित पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि उपस्थित जनाइ कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिनु हुन थेगु नेपाली मञ्चका अध्यक्ष नगेन्द्र मगरले हार्दिक अपिल गरेका छन्।
मिति:-२०१९-०५-२६ (आइतबार )
समय:-दिनको- १२ बजे देखि।
स्थान :-वेगान यग अगाडि हिमालयन रेस्टुरेन्ट ।
सम्पर्क:-०१०८५७८११६५ ०१०६५४१८९९० ०१०६८२६४७३०
आयोजक:-थेगु नेपाली मञ्च,द.कोरिया । सचिब :-बिष्णु वाग्ले। अध्यक्ष:-नगेन्द्र मगर।