नेपालबाट आएको विशेषज्ञले सिकाए डिप्रेसन कम गर्ने तरिका
दक्षिण कोरियामा डिप्रेसनका कारणले समस्या भोग्ने धेरै छन् । यस्ता समस्यालाई समाधान कसरी गर्ने भन्ने बारेमा आइतबार सउलमा एउटा कार्यक्रम सम्पन्न भयो ।
नेपालबाट आएका चक्र थेरपी विशेषज्ञ महेन्द्र कुमार श्रेष्ठले बिभिन्न ठाउँबाट आएका सहभागीका समस्या सुने । सरसल्लाह दिए । दिउँसो १२ बजेबाट भएको कार्यक्रममा ५० जना भन्दा बढि सहभागी भए ।
यो कार्यक्रमको संयाजन गर्ने काम गैर आवासीय नेपाली संघ एसिया प्यासेफिक महिला संयोजक जुनु गुरुङले गरिकी थिइन् । ‘कोरियामा मानसिक समस्या भोग्ने धेरै छन् । त्यसैले बेला बेलामा यस्तो खालको कार्यक्रमहरु गरि रहन्छौ । यो पनि त्यस्तै एउटा श्रृङ्खला हो । सहभागी दाजुभाइ दिदी बहिनीहरुले आफ्नो समस्या समाधान खोज्नु भो । त्यही ठूलो कुरा हो ।’ उनले भनिन् ।
नेपालबाट आएका चक्र विशेषज्ञ महेन्द्र कुमार श्रेष्ठले आफुले सिकाएका विभिन्न बिधी दैनिक जीवनमा प्रयोग गर्दै जाने हो भने उपयोगी हुने बताए । ‘कुनै साईड ईफेक्ट हुदैन । नियमित अभ्यास गर्दै जाने हो भने निक्कै फाइदा हुन्छ ।’ उनले भने ।