बुसानमा किराँत समुदायको ठूलो चाड उधौली मनाइयो
प्रकृति र पितृलाइ सम्झदै मनाइने किराँत समुदायको प्रमुख चाड उधौली आईतबार दक्षिण कोरियाको बुसानमा मनाइएको छ ।
किराँत समुदायले मंसिर पुर्णिमा उधौली र वैशाख पुर्णीमामा उभौली मनाउने गर्दछन् । उधौली र उभौलीमा चार किराँत समुदायले आफ्नै शैलीमा पुजाआजा गरी मनाउछन् ।
किराँत राई यायोख्खा बुसान शाखाले आयोजना गरेको कार्यक्रममा नेपालबाट आएका गायिका द्धय मेनुका राई र तयाहाङमा राईले आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थिती रहेको थियो ।