एनआरएनए महिला फोरमद्धारा नुवाकोटमा स्वस्थ्य शिबिरलाइ आर्थिक सहयोग प्रदान
गैर आवसीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय बैठकमा घोषणा गरेको आर्थिक सहयोग प्रदान गरिएको छ । गत डिसेम्बरमा भएको बैठकले नुवाकोटमा स्वास्थ्य शिबिरका लागि एसिया भित्र रहेका महिला फोरमले आर्थिक सहयोग गर्ने घोषणा गरिएको थियो ।
सहयोग घोषणा गरे अनुसार गैर आवासीय नेपाली महिला फाेरम हङकङले २ लाख, मकाऊले ५० हजार र जापानले ५० हजार सहयाेग गरेकाे हाे ।
एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुङले क्षेत्रीय बैठकलाइ ५० हजार सहयाेग गरेकी हुन् । ‘यो हाम्रै गाउँ घरको बिपन्न समुदायको लागि गरिने स्वस्थ्य शिबिरका लागि हो । त्यसैले एसिया क्षेत्र भरिका महिला फोरमहरुले सहयोग गर्नु भएको हो ।’ उनले भनिन् । ‘धेरैले यस शिविरबाट आफ्नो स्वस्थय परिक्षण गर्नु भो । स्वस्थ्य हुनु भो । हाम्रो लागि त्यही ठूलो कुरा हो । जसले जसले जहाँबाट सहयोग गर्नु भयो । उहाँहरुलाई धन्यबाद ।’ संयोजक गुरुङले थपिन् ।