दक्षिण काेरियामा फेरी अर्को नेपालीको मृत्यू
दक्षिण कोरिया फेरी अर्को नेपालीको मृत्यू भएको छ । अर्घाखाँची घर भएका २७ बर्षिय मधुसुदन श्रेष्ठको मृत्यू भएको हो । उनी आफ्नो पहिलो कार्य अबधी सकेर पुनः कोरिया आएका थिए ।
‘आज काममा नआए पछि साथीभाइले खोजी गर्दा अाफ्नै काेठामा मृत भेटिएका थिए । उनी कार्यरत कम्पनीमा तीन जना नेपाली छन् । नेपालीहरु नै भए किचन सहितको छुट्टा छुट्टै कोठा बस्ने रहेछन् । खाना पनि फरक फरक ठाउँमा नै हुने भएकोले बिदाको समयमा भेट नहुने रहेछ ।’ अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष शुन्दर पन्थीले भने । ‘अहिले स्थानीय अस्पतालमा मृतकलाई राखिएको र बिस्तृत बिवरण आए पछि नै सबै कुरा थाहा हुन्छ । अहिले ह्रृदयघात नै हुनु पर्छ ।’ उनले थपे ।
मंगलबार अर्घाखाँची सम्पर्क समितिका, नेपाली दुताबास र अन्य संघसंस्थाका प्रतिनिधी घटनास्थल जाने कार्यक्रम रहेको नेपाली सम्पर्क समितिकी अध्यक्ष अन्जु केसीले बताइन् । ‘नेपालमा परिवारमा थाहा दिएका छौ । अब जति सक्दो छिटो शबलाई नेपाल पठाउने प्रयास गरिनेछ ।’ उनले भनिन् ।