चुम्लुङ कोरियाद्वारा मृगौला बिरामीलाई आर्थिक सहयोग प्रदान
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले दुवै मृगौला फेल भएकी बिरामी कुमारी योङ्यालाई उपचारार्थ २६लाख १५ हजार वन सहयोग गरेको छ। उक्त सहयोग रकम गत आइतबार मे २६ तारिखका दिन योङ्याकै निवासमा चुम्लुङका अध्यक्ष शुन्दरदिप आङ्देम्बे,वरिष्ठ उपाध्यक्ष अग्नि पंधाक, सदस्यहरु सपना सेलिङ, सन्तोष खेवा र कामना नेम्बाङले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए। केही समय अघि चुम्लुङले सपना सेलिङको नेतृत्वमा सहयोग संकलन गरिएको थियो ।
पाँचथर जिल्ला याङवरक गाउँपालिका ३ निवासी योङ्या ५ वर्ष पहिले कोरिया प्रवेश गरेकी हुन्। हाल उनी इक्सान स्थित वोङ्ग्वाङ युनिभर्सिटी हस्पिटलमा उपचाररत छिन्।