सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ जोग्येजोङको कार्यकारी समदस्यमा मनोनित
कोरियाको सबैभन्दा पुरानो तथा ठूलो मानिने बौध्द धार्मिक सांस्था जोग्येजोङले वैदेशिक बौध्द धर्म सम्बन्धी उपानियोगको कार्यकारी सदस्यमा सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामा मनोनित भएका छन् । विदेशी राष्ट्रहरू मध्येबाट पहिलो पटक कार्यकारी सदस्य पदमा देश नेपाल राखिएकाे हाे ।
जोग्येजोङमा बिहिबार एक कार्यक्रम गर्दै लामालाइ मनोनयन गर्दै प्रमाण पत्र दिइएकाे हाे । लामा कुन्साङ २ बर्षसम्म साे पदमा रहने छन्।
जोग्येजोङ(대한불교조계종 Jogye Oder) कोरियाको सबैभन्दा पुरानो तथा ठूलो मानिने बौध्द धार्मिक सांस्था हो । जोग्येजोङको वैदेशिक बौध्द धर्म सम्बन्धी उपानियोगको कार्यसमितिले वैदेशिक् तथा कोरियान बौध्द धर्म मैत्री सम्बन्ध, अपसी सदभाव कायम गर्दै विश्वका विभिन्न मूलुकमा बुद्ध दर्शन तथा बौध्द धर्म प्रचारप्रसारको कार्य गर्ने सउल नेपाल गुम्बा कार्यसमितिका अध्यक्ष दूध बहादुर लामाले जानकारी दिए । ‘नेपालीका लागी याे ठूलाे अबसर हाे । हामी सबैले गाैरब गर्नु पर्छ ।’ उनले भने ।