एनसिसि काेरियाले यहि जुन १६ मा छुसक सांस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने


नेपाली सम्पर्क समिति(एन सि सि) काेरियाले  अाउदाे छुसकका लागी सांस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने भएकाेछ। दक्षिण कोरियामा सबै भन्दा पुरानो एवं लामो ईतिहास बोकेको संस्था तथा सम्पूर्ण नेपालीहरुको साझा संस्था नेपाली सम्पर्क समिती (एन सी सी) दक्षिण कोरियाले आउँदो छुसकमा सांस्कृतिक कार्यक्रम गर्नका लागि यहि जुन १६ तारिख अाईतबार बाँडफाँड कार्यक्रम गर्ने भएको छ।

हरेक बर्ष छुसक र सलनालमा एन सि सि को पहलमा कार्यक्रम बाँडफाँड गरि सबै संघ संस्थाहरुको सहमति र समझदारीको अाधारमा कोरियामा नेपाल बाट ख्याती प्राप्त कलाकारहरु झिकाएर बृहत साँस्कृतिक कार्यक्रमहरु गर्दै अाईरहेका छन।त्यसै गरि यस बर्षको कोरियन महान चाड छुसकको लामो बिदाको अवसर पारि कार्यक्रम गर्न चाहाने संघ संस्थाहरुलाई लक्षित गर्दै उक्त बाँडफाँड कार्यक्रम गर्न लागिएको कुरा एन सि सि का अध्यक्ष अन्जु के सि ले बताईन।

तसर्थ कार्यक्रम गर्न चाहने ईच्छुक संघ संस्थाहरुलाई कार्यक्रम गर्ने मुख्य उद्देश्य र संस्था स्थापना काल देखि हाल सम्मका गतिबिधिहरु सहित उक्त “छुसक कार्यक्रम बाँडफाँड कार्यक्रम” मा निवेदन लिएर अाउन एन सी सीले आग्रह गरेको छ| साथै यही जुन १६ तारिख आईतबारको दिन सउलको नेपाल हाउसमा हुने बाँडफाँड कार्यक्रममा संस्थाको गतिबिधि,उद्देश्य एवं कार्यक्रम बाँडफाँडको अाचार संहिता र बिगतमा गरेका सहमति पत्रको अाधारमा गहन रुपमा छलफल गरी सबैको सहमतिमा छुसकमा कार्यक्रम गर्न ईच्छुक संघ संस्थाहरुलाई कार्यक्रम गर्ने अनुमति दिईने अध्यक्ष के सी ले बताएकी छिन।

बिगतमा एनसीसीले गरेको कार्यक्रम बाँडफाँड भन्दा अझ प्रभावकारी र निष्पक्ष ढंगले यसपाली गरिने छ भन्ने भनाई राख्दै एन सि सि को मातहतमा रहेर यस भन्दा पहिला कार्यक्रम गरेका संस्थाहरुले कार्यक्रमको उद्देश्य अनुरुप परि पुर्ति भए/नभएको सम्पूर्ण गतिबिधि सहित अार्थिक विवरण सार्वजनिक नगरिएका संस्थाहरुले उक्त दिन सोही कार्यक्रममै पेस गरि सार्वजनिक गर्नका लागि अध्यक्ष  के सी ले अनुरोध गरेकि छन् ।यस बारे सबैलाई औपचारिक पत्र पनि पठाइने समितिले जनाएको छ।

कार्यक्रम बारे थप जानकारी स्थान: नेपाल हाउस,दोंदेमुन-सउल समय :दिनको १२ बजे मिती :२०१९ जुन १६ अाईतबार

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...