Advertisement
SKIP THIS

बाटो र पाइला


हिडदै जादा-
दुई बाटोहरु जोडिएर
एउटै बनेको मुलबाटोमा
तिमी र मेरो भेट भएथ्यो ।

तिमि मुस्कुरायोउ
बताश तिम्रो `रपुन्जेल´ कपाललाई छोएर
मेरो मन हुँदै –
सुस्तरिसुस्तरि बहिदियो

चुम्बकीय आकर्षण झै
यो मौन चेहेरा तिमिजस्तै खुब मुस्कुरायो !

केही पाइलाहरु
हामीले सँगसँगै हिडेपछि
दोबाटोले हामीलाई छुट्टयायो ।
तिमी र म
दुई बाटोहरु भएर हिड्यौ !

हिड्नु जिन्दगी हो

हिड्न बाँकि बाटोहरुले
फेरि हामीलाई भेटाउनेछ भन्ने लागिरहन्थ्यो ।
आज हिड्दाहिड्दै-
बाटोले तिमी र मलाई भेटायो
तर हाम्रो मनलाई भेटाएन
बतासलाई बहिरहने समय थिएन।
तिमी हतारमा थियौ

पहिलाजस्तो मुस्कुराउन पाएनौ ।

मलाई त दोबाटोहरुमा नि!
अब नछुटिनु थियोे
सँगसँगै हिड्नु थियो
तिमि र म `हामी´ बनेर
दोबाटोबिहिन बाटो बनाएर
जीन्दगी !
तर
खोज्दा खोज्दै
पछ्याउँदा पछ्याउँदै –
तिमी हिड्ने प्रेमिल बाटो
म एक पाइला ढिला भइसकेछु।
छुट्टिसकेछ्न तिम्रा पाइलाहरु
एक आगन्तुक पाइलासँग
शुभयात्रा !
प्रिय यात्री

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...