छुसकमा तीन नम्वर प्रदेशका तीन जिल्ला मिलेर सांगीतिक कार्यक्रम गर्ने
कोरियाको लामो बिदाको छुसककाे मौकामा दक्षिण कोरियामा रहेका ३ नं. प्रदेश अन्तरगतका तीन जिल्लाले मिलेर सांगीतिक कार्यक्रम गर्ने भएको छ । आइतबार सउलमा बसेको ३ नं. प्रदेश एकता समाज दक्षिणका छलफलले सो निर्णय गरेको हो ।
‘दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्ला मिलेर कार्यक्रम गर्न लागेका हौ । हामीले कार्यक्रमबाट आउने फाइदा आफ्नो आफ्नो जिल्लाकाे शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उदेश्य छ ।’ दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले भने । ‘हामी छुसकको दोस्रो दिन कार्यक्रम गर्ने योजनामा छौ । एनसीसीकाे कार्यक्रम बाँडफाँड गरे पछि कन्फर्म हुन्छ । कुन दिन हाम्राे सांगीतिक कार्यक्रम पर्छ भन्ने चाही ।’ उनले थपे ।
रामेछाप सम्पर्क समितिका अध्यक्ष रवि प्रताप घिसिङले पनि एक्ला एक्लै गर्छु भनेर झगडा गर्नु भन्दा मिलेर जाँदा राम्रो शन्देश जाने भएकोले तीन जिल्ला मिलेर कार्यक्रम गर्न लागिएको बताए । ‘हामी पहिले एक्ला एक्लै गर्छौ भनेर सुरु गरेका हौ । साथीभाइ छलफल गरेर अहिले सबै मिलेर गर्न लागेका छौ । कलाकार, कार्यक्रम स्थलका बारेमा छलफल हुदैछ । केही समय पछि सबैलाइ जानकारी गराउने छाै ।’ उनले भने ।
त्यस्तै सिन्धुपाल्चाेक सम्पर्क समितिका अध्यक्ष संजीव भण्डारीले तीन जिल्ला मिलेर गर्ने कार्यक्रम भब्य हुने बताए । ‘हामी तीनै जिल्ला मिलेर चिसाे माैसमलाइ तताउने गरि कार्यक्रम गर्छाै । साथीभाइ पनि धेरै छाै । दक्षिण काेरिया तात्छ ।’ उनले भने ।