एनसीसी कोरियाको १७ औ महाअधिवेशन आगामी सेप्टेम्बरमा गरिने


नेपाली सम्पर्क समिति-( Nepalese Consulting Committee) एन सि सि दक्षिण कोरियाले १७ औ महाधिवेशन यहि २०१९ सेप्टेम्बर १४ र १५ तारिख गर्ने भएको छ।

संस्थाकी अध्यक्ष अन्जु के सिको अध्यक्षतामा आइतबार सौलमा सम्पन्न केन्द्रीय बैठकले सो निर्णय गरेको हो ।

कोरियन महान चाड छुसकको लामो बिदामा सबैको फुर्सदलाई बिशेष मध्यनजर गर्दै संस्थाको  महाधिवेशन गर्न लागिएको  अध्यक्ष अन्जु के सिले बताएकी छिन्।

कोरियाको सब भन्दा पुरानो तथा लामो ईतिहास बोकेको सबै नेपालीहरुको साझा संस्था भएको हुनाले सम्पूर्ण नेपालीहरुको संघ संस्थाका प्रतिनिधित्वलाई समेट्ने मुख्य उद्धेश्य राखि छुसकमा महाधिवेशन गर्न लागिएको कुरा अध्यक्ष केसिले प्रष्ट पारिन।

महाधिवेशन तयारीको लागि मुल आयोजक समिति तथा विभिन्न विभागीय समितीहरु गठन गरिने छ । साथै एनसीसीको साधरण सदस्य बन्न आवहान गर्दै फर्म समेत वितरण गरिने उपाध्यक्ष श्री प्रसाद श्रेष्ठ ले जनकारी दिए ।

त्यसैगरी एनसीसीले यही जुन १६ तारिख आइतबार दोगंदेमुनमा गरिने छुसक सांस्कृतीक कार्यक्रम बाडफडमा  सम्पूर्ण संघ संस्थाहरुका प्रतिनिधिहरुहरुलाई सहभागी भै उक्त  कार्यक्रमलाई सौहार्द पूर्ण वातावरणमा सम्पन्न गराउनका  आग्रह समेत गरेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...