एक महिना अघि फोक्सो प्रत्यारोपण गरेका कुँवर मृत्युु
ईपिएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया आएका अमृत कुँवरको सोमबार निधन भएको छ । ६ महिना पहिले कम्पनी बेहोस भएपछि उनको उपचारको भइरहेको थियो ।
सउलको आन्याङ हान्रिम शिक्षण मुटु अस्पतालको सघन उपचार कक्षमा विगत ६ महिनादेखी उपचारार्थ कुँवरको फोक्सोमा फ्लु भएर फोक्सोले काम गर्न छाडेको थियो । एक महिना पहिले फोक्सोको सफल प्रत्यारोपण गरिए पछि उनी बोल्ने हाँस्ने सक्ने भएका थिए । शुक्रबार देखि फेरि फोक्सोमा संक्रमण देखिएको थियो ।
केही समय पहिले अमृत कुँवर बचाऊ अभियानवाट रकम संकलन गरिएको थियो । साथै फोक्सो प्रत्यारोपणका लागी नेपालीहरु मिलेर रक्तदान गरेका थिए ।
उपचारको लागी सहयोग गर्दै आएकि गैर आवासीय नेपाली संघ दक्षिण कोरियाकि अध्यक्ष लक्ष्मी गुरुङले प्रत्यारोपण गरे पछि आफू संग कुरा गरेको सम्झीइन । म ठिक भएर आउछु दिदी भन्थ्यो । तंपाइले धेरै सहयोग गर्नु भो भन्थ्यो । म पनि एकदमै अशाबादी थिए ठिक हुनेमा । तर हामिले चाहेर मात्रै नहुने रहेछ । सारै दु:ख लागेको छ । उनले भनिन ।
मृतक कुँवरले केही समय अघि छुट्टीमा नेपाल गएर बिहे गरेर फर्किएका थिए । उनको श्रीमती केही समय अघि बिरामीलाई सहयोग गर्न कोरियामै छिन ।