दक्षिण काेरियाकाे किम्हेमा “ए मेरो हजुर ३” हेर्नलाइ दर्शक झुम्मिए
आइतबार दक्षिण काेरियाकाे किम्हेमा मुन्ह्वावन हलमा चलचित्र “ए मेरो हजुर ३” हेर्नका लागि दर्शककाे झुम्मिएका छन् । तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान दक्षिण कोरियाको आयोजनामा भएको उक्त चलचित्रले अहिलेसम्मकै धेरै दर्शक अाएका हुन् ।
दुबै मृगौला फेल भएर उपचार गराइ रहेकी काभ्रे मिना तामाङको उपचार सहयोगार्थ प्रदर्शन भएको चलचित्र “ए मेरो हजुर ३ ” हेर्ने दर्शकहरुको भिड हलको क्षमता भन्दा बढी भएपछी आयोजकलाई सिटको व्यबस्थापनमा निकै कठीन भएको थियो ।
चलचित्र प्रदर्शन गर्नु अघि छोटो अनौपचारिक कार्यक्रम गर्दै यसै चलचित्र “ए मेरो हजुर ३” बाट नेपाली चलचित्र क्षेत्रमा सह-निर्माता सरोज सुब्बा सेराङ्लाई आयोजकको तर्फबाट प्रशंसा-पत्र प्रदान गरेको थियो र सँगै गत महिना “किम्हे सिस्टरहुड” ले आयोजना गरेको सिंगल डान्स कम्पिटीसनमा “तामाड़् समाज ख्यसड़्नाम्दो/बुसान द. कोरिया” को प्रतिनिधित्व गर्दै सहभागी भएका २ जनाले प्रतियोगिताको १५ प्रतिस्पर्धीहरु मध्ये प्रथम हुनुभएकी जुलीफा तामाङ र अन्तिम ५ मा पर्न सफल हुनुभएकी “छ्वेसाङ लामा” लाई पनि प्रशंसा-पत्र द्वारा सम्मान गरेका थिए।
अन्तमा सह-निर्माता सरोज सुब्बा सेराङले चलचित्र निर्माणको बेला गर्नु परेको संघर्ष र अहिले पाएको दर्शकहरुको मायाले एकदम नै खुसी भएको र भबिष्यमा अझै राम्रो राम्रो चलचित्रमा काम गर्ने सोच रहेको जानकारी गराउदै आयोजक र सम्पुर्ण दर्शकहरू प्रती धन्यवाद अनि आभार प्रकट गरेका थिए।