उत्तम खजुमको शब्दमा पूर्वेली लोकगीत सार्वजनिक (भिडियो सहित)
कोरियामा रहेर नेपाली गीतहरुमा कलम चलाइरहेका उत्तम खजुमको शब्दमा अर्को गीत “लाहुरे दाइको रेलिमाई” सार्वजनिक भएको छ। खजुमको शब्दमा गायक इन्द्र सुशील र जुनी खालिङले सुमधुर आवाज भरेका छन्। गायक तथा संगीतकार इन्द्र शुशिलको संगीत रहेको उक्त गीतमा बलाराम समालको संगीत संयोजन रहेको छ।
सिमिकलुङ दर्पणको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ। भिडियोलाई जीवन मुकारुङको छायांकन र सम्पादनगरेका छन् भने मिना मादेनको निर्देशन रहेको छ। गीतको भिडियोमा सुम्निमा लिम्बू, इक्सा लिम्बू, रोजिना थेगिम र तृसणा नेम्बाङको अभिनय हेर्न सकिन्छ।