कोरियाको स्वास्थ्य बिमामा नयाँ नियम, करिब ४ लाख प्रवासी प्रभावित हुने


६ महिना वा सो भन्दा बढी समय दक्षिण कोरियामा रहने सबै विदेशीहरूले अब देखि अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने भएको छ । लामो समयसम्म कोरिया बसेर मेडिकल सेवा लिने तर बिमा शुल्क नतिरी जाने क्रमलाई रोक्न सबैलाई बिमा योजनामा अनिवार्य गर्न लागिएको समाचार राज्य चिकित्सा बीमा योजना अधिकारीलाई उदृत गर्दै योनहपले लेखेको छ ।

राष्ट्रिय स्वास्थ्य बीमा सेवा(एनएचआईएस-NHIS)का अनुसार १६ जुलाई देखि उक्त नियम लागू हुनेछ । जस अनुसार कोरियामा बसोबास गरिरहेका प्रवासी कोरियन लगायत सम्पुर्ण विदेशीहरुले प्रतिमहिना ११०००० वन($93) भन्दा बढी रकम तिर्नुपर्ने छ ।

हाल यहाँ कामदार भिसामा आउने विदेशीलाई मात्र स्वस्थ्य बिमा अनिवार्य गरिएको छ भने अन्यलाई वैकल्पिक सुबिधाको रुपमा रहेका थिए । एनएचआईएसले भनेका छन् “सबै विदेशी विद्यार्थी र दक्षिण कोरियाली नागरिकसँग विवाह गर्ने सबै विदेशीहरुले पनि राज्य बीमा योजनामा ​​सामेल हुन आवश्यक छ ।”

यस नयाँ अनिवार्य बीमा कार्यक्रमले करिब ४ लाख विदेशीहरूलाई असर गर्ने सम्भव देखिन्छ ।

कोरियाको समाचार एजेन्सी योङहपका अनुसार २०१९ मा दक्षिण कोरियामा रहेका विदेशीहरूको संख्या गत वर्ष करिब २३ लाख ७० हजार(2.37 मिलियन) पुगेका थिए । जुन पछिल्लो वर्ष भन्दा ८.६ प्रतिशतले बढी हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...