नेपाल तामाङ संघ बार्षिक साधारणसभा जुलाइ ७ मा हुने
नेपाल तामाङ संघ दक्षिण कोरियाको वार्षिक साधारणसभा जुलाइ ७ तारिखमा हुने भएको छ । संघकाे नवाै कार्यसमिति गठन भएकाे एक वर्ष पुगेकाे गरेका कामकाे समिक्षा गर्दै नयाँ याेजना सहित अघि वढ्नका लागि कार्यक्रम गर्न लागिएकाे संघका अध्यक्ष मेघप्रसाद वाइबाले बताएका छन् ।
संघले तामाङ जातिको पहिचान संरक्षण गर्दै विश्वभरी रहेका तामाङ समुदायलाइ आफ्नो भाषा, साहित्य, भेषभुषा, लिपी, संस्कार र संस्कृतीको संरक्षण र सम्वर्द्धनमा केन्द्रित कार्यक्रमहरू गर्दै अाइरहेको छ । संघको नयाँ कार्यदिशा सहित विविध विषयमा छलफलमार्फत नेपाल तामाङ संघ दक्षिण कोरियाले कार्यविधि बनाएर सशक्त रूपमा अघि बढ्ने संघका महासचिब गोकुल थोकरले बताए ।
कार्यक्रम दाेङदेमुनकाे निक ट्राभल्सकाे सभाहलमा हुनेछ भने दक्षिण काेरियामा रहेका विभिन्न पेशा र क्षेत्रमा आबद्ध सम्पूर्ण तामाङ दाजुभाइ, दिदीबहिनी, व्यावसायी, बुद्धिजीवी, पत्रकार, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधी लगायत शुभचिन्तकहरुलाई साधारणसभामा सहभागीताका लागि अाग्रह गरेकाे छ ।